३७ हजार किलाे मासु नष्ट

काठमाडौं–सरकारले काठमाडौँ उपत्यकाका विभिन्न मासु पसलमा विक्रीमा राखिएका खसी तथा कुखुराका ३७ हजार ४ सय ६२ किलो मासु नष्ट गरेको छ ।

कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले काठमाडौंका विभिन्न ठाउँमा रहेका मासु पसलहरुमा अनुगमन गर्दा खान अयोग्य मासु नष्ट गरेको जनाएको छ ।

भेटेरिनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरले चैतदेखि भदौ महिनासम्म काठमाडौंका २ सय ७७ मासु पसलमा अनुगमन गरेको थियो ।

उपभोक्ता स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकारको सुनिश्चित गर्न गरिएको अनुगमनमा खान अयोग्य मासु भेटिएपछि मासु नष्ट गरिएको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।.

साथै उपभोक्तामा स्वस्थ मासुको उपलब्धताको लागि एन्टिवायोटिक रेजिड्यू परिक्षणका लागि उपत्यकाका विभिन्न ३२ स्थानबाट मासुका नमुना लिई परिक्षण गरिएकोे थियो । कानुन बमोजिम नभएका त्यस्ता व्यवसायीलाई पहिलो पटक सचेत गराईएको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार