Friday, November 1, 2024

नेपाल–भारत सीमा विवाद : हल गर्ने नयाँ समयसीमा सन् २०२२

काठमाडौँ – सन् २०२२ भित्र नेपाल र भारतको बीचमा रहेका सबै सीमा विवादलाई हल गर्ने उद्देश्यका साथ दुवै देशका नापी विभागका उच्च अधिकारीहरूको बैठक काठमाडौँमा शुरु भएको छ।

सीमा विवादको हल गर्नका लागि बनेको वर्किङ ग्रुपको यो पाँचौ बैठक हो। सो बैठकले सन् २०२२ मा सबै काम सक्ने योजनालाई अनुमोदन गर्ने बताइएको छ । यस अगाडि सन् २०१५ मा सन् २०१९ भित्र सबै काम सक्ने सहमति भएको थियो ।

नेपाल र भारतको बीचमा लामो समयदेखि सीमा विवाद रहेपनि समयमा नै काम सम्पन्न हुन सकेको छैन्। दुवै देशका अधिकारी फेरि समयसीमा थप गर्न सहमत भएका छन् तर सन् २०२२ सम्म पनि काम सकिने हो होइन भन्ने यकिन भने छैन्।

विभिन्न ठाउँमा अतिक्रमण र पिलर हराएको विवादसँगै सुस्ता र कालापानीको विषय प्रमुख विवादको रुपमा रहेको छ जुन विषयमा अहिलेसम्म औपचारिक वार्ता भएको छैन। नेपाल र भारतको सिमानामा ८ हजार५ सय भन्दा बढी पिलरहरू गाडिएकोमा १३ हजार हराएका छन् भने झण्डै २ हजारको संख्यामा बिग्रिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार