काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रातो सूचीमा परेका कालिमाटी तरकारी बजारका ५८ स्टल खारेज गरेको छ ।
मन्त्रालयले ६ महिनामा गरेका प्रगति विवरण सार्वजनिक सम्बन्धी पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बैठकले थप ५२ स्टलहरु खारेज गर्ने निर्णय गरेको बताए ।
मन्त्रालयले गरेको अनुगमनमा कालिमाटीका ९८ वटा स्टललाई रातो सूचीमा राखेको थियो । यसमध्ये ६ वटा खारेज भैसकेका छन् ।
बैठकले २५ वटा स्टललाई सफाइ दिएको छ,भने १५ वटा स्टललाई खारेज नगर्न तर कागजात माग गर्ने निर्णय गरेकाे प्रवक्ता सुवेदीले जानकारी दिए ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा ५ सय २३ स्टल रहेकोमा १७ वटा स्टल मात्र खुला प्रतिस्पर्धाबाट भाडामा लगाइएको छ।





