चन्द्रमामा पुग्ने पहिलो पर्यटक बन्ने तयारीमा जापानी अर्बपति

काठमाडौ–इलोन मस्क कम्पनीको स्पेसएक्सले चन्द्रमामा पठाउने पहिलो निजी यात्रुको नाम सार्वजनिक गरेको छ।

जापानका ४२ वर्षीय अर्बपति टाइकुन युसकु मेजवाले आफ्नो चन्द्रमाको यात्रामा जाने घोषणा गरेको बीबीसीले जनाएको छ । उनले भनेका छन्, ‘मैले चन्द्रमामा जाने निर्णय गरेको छु।’

यो मिसनलाई सन् २०२३ मा चन्द्रमामा पठाउने तयारी गरिएको छ। यदि उनी चन्द्रमामा पुगेमा सन् १९७२ मा अवतरण गरिएपछि पहिलो निजी क्षेत्रको यात्रा हुनेछ। यसको घोषणा मंगलबार क्यालिफोर्नियामा गरिएको हो।

उनले संसारमा ६ देखि ८ जना कलाकारलाई चन्द्रमाको भ्रमणको लागि आमन्त्रण गर्ने समेत बताएका छन्। एजेन्सीको सहयोगमा

ताजा समाचार

सम्बन्धित समाचार