छापामा आज :२ खर्ब ३१ अर्बको वातावरणीय क्षति,जलस्रोत उपयोगमा नहोस् विवाद,

आज प्रकाशित पत्रपत्रिकाले वन,विकास, पर्यटन र फोहोर व्यवस्थापनका विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

समाचारपत्र
‘दूषित पानीले मौसमी ज्वरोका बिरामी बढे’शीर्षकमा आजको समाचारपत्र बैतडीको समाचार छापिएको छ ।
दूषित पानीले पछिल्लो केही दिनयता बैतडीमा मौसमी ज्वरोका बिरामी बढ्दै गएका छन् । वर्षात्को समयमा दूषित पानीको सेवन तथा प्रयोगले जिल्ला अस्पताल बैतडीमा हाल दैनिक १ सय बिरामी आउने गरेका अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचारका लागि आउने मध्ये धेरैजसो ज्वरोका बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले जानकारी दिए । ९० प्रतिशत बिरामीमा सुरक्षित पानीको सेवन नहुँनाले समस्या देखिएको छ उनले भने“बर्षातको समयमा पानीका नयाँ मूल फुट्दा शुद्धीकरण नगरी पिउदा यो समस्या आएको हो ।”

‘बेंसीशहर–चामे सडक खुल्न अझै समय लाग्ने’शीर्षकमा पृष्ठ ७ मा समाचार प्रकाशित छ।
गत बधुबार मध्यान्ह २ बजेदेखि मुसलधारे वर्षाका कारण अबरूद्ध बेसीशहर–चामे सडक खुल्न अझै समय लाग्ने भएको छ । ठाउँ ठाउँमा पहिरो गएर सडक क्षतविक्षत भएका कारण हिमाली जिल्ला मनाङसँगको सडक सम्बन्ध टुटेको छ ।

पहिरोले सडक क्षतविक्षत बनाइदिँदा सवारी साधन मात्र हैन मानिसहरूको पैदल आवागमन पनि प्रायः ठप्प छ ।

राजधानी
‘न्याय माग्दै भालुपीडित सदरमुकाममा‘ शीर्षकमा डीबी खालिङले लेखेको समाचार छापिएको छ । भालुको आतंक बढ्दै गएको भन्दै खोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानीका स्थानीयवासी आन्दोलित भएका छन्।

‘बडीगाड खोलामा बनेको ताल अझै खुलेन’शीर्षकमा नवीन शिशिरले लेखेको समाचार छापिएको छ । पहिरोले थुनिएर बागलुङको बडीगाड खोलामा बनेको ताल अझै खुल्न सकेको छैन । गत शुक्रबारदेखि पहिरो जाँदा बनेको ताल ओभर फ्लो भएर बग्न थाले पनि ताल खुल्न सकेको छैन ।
काठमाडौं महानगरपालिकाले पाँच बु्रमर ल्याउँदै शीर्षकमा पनि समाचार छापिएको छ ।

गोरखापत्र
‘अवरूद्ध मध्यपहाडी लोकमार्गको विकल्प खोजी’शीर्षकमा प्रदीप पन्तले देखेको समाचार छापिएको छ ।  पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरूद्ध भएपछि तत्काल वैकल्पिक सडक प्रयोगमा ल्याउने भएको छ ।  ‘बाँदर झुलाका निकुञ्ज अतिक्रमणकारी हटाइने’शीर्षकमा बसन्त पराजुलीले समाचार लेखेका छन् ।  चितवन राष्ट्रिय निकुञ्ज अतिक्रमण गरी बसेका बाँदर झुलाका बासिन्दालाई हटाईने भएको छ । ‘हेटौँडा–काठमाडौँ सुरूङ मार्ग प्रदेश सरकारले बनाउने’ शीर्षक समाचार छापिएको छ ।

कान्तिपुर
‘पशुपन्छी अनुगमनमा मरेका बाख्रा भेटिए’शीर्षकमा हरिहरसिंह राठौरले सामाचार लेखेका छन् ।
तपाईं हामीले काठमाडौंमा खाने गरेको मटन अर्थात् खसीको मासु बाख्राको पनि हुन सक्छ किनकी अधिकांश यात्रुबाहक बसमा विभिन्न जिल्लाबाट अस्वस्थ बाख्रा ल्याइने गरेको पाइएको छ ।

देशका विभिन्न भागबाट राजधानीमा आयात गरिने पशुपन्छी ढुवानीमा बेतिथी र मापदण्ड विपरीतका कार्य फेला परेका छन्।

‘अझै तंग्रिएन पर्यटन’शीर्षकमा अनिश तिवारीले समाचार लेखेका छन् । भूकम्प गएको साढे ३ वर्ष हुँदा पनि सिन्धुको पर्यटन क्षेत्र अझै उभिन सकेको छैन । भूकम्पले क्षतिग्रस्त पर्यटकीय आकर्षण क्षेत्र र पर्यटकीय मार्गको पुनर्निर्माणमा नगरिँदा जिल्लाको पर्यटनले गति लिन नसकेको हो ।

‘खसे खोला, बाँचे भेट होला’ शीर्षकमा आजको कान्तिपुरमा आश गुरूङले लेखेको समाचार छापिएको छ ।
घोप्टे र काप्रेबीचको घोप्टेखोलामा बाढी एकनास बगिरहेको छ । ढुंगे चट्टान मात्रै बाँकी राखेर पहिरोले सबै खोतलेर लगेको छ । चट्टानमै अड्याएर वारपार गर्न उत्तिसका पाँचवटा काठले फडके बनाइएको छ । त्यसैको सहारामा ज्यानको बाजी राखेर स्थानीय वारपार गरिरहेका छन् । करिब ६० मिटर दूरीमा मर्स्याङ्दीको ठूलो भेल छ । एक पाइला मात्रै तलमाथि भए घोप्टेखोलाबाट सिधै मर्स्याङ्दी पुगिन्छ ।

‘वन सुन्दरी, वन्यजन्तु गहना’शीर्षकमा रमेशकुमार पौडेलले समाचार लेखेका छन् । वन संरक्षण किन ? वन र वन्यजन्तुको सम्बन्ध के हो ? वातावरण विज्ञान पढिरहेका एक हूल विद्यार्थीले आइतबार माडीमा भेटे संरक्षणकर्मीमाझ चर्चित ५५ वर्षीय भदै थारू । विद्यार्थीसहित ४५ जना युवा भेला भएका ठाउँमा उनी यिनै जिज्ञासाको जवाफ राख्दै थिए ।
‘गाई–भैंसी चर्ने पाखामा पर्यटन’शीर्षकमा रमेशकुमार पौडेलले लेखेको समाचार प्रकाशित छ ।

राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको कसरासँग जोडिएको गाउँ हो । सदरमुकाम भरतपुरबाट १८ किलोमिटर पश्चिममा रहेको यो गाउँ विश्व प्रख्यात निकुञ्ज मुख्यालयको आडैमा भए पनि बत्तीमुनिको अँध्यारो जस्तो थियो । निकुञ्ज घुम्न बर्से्नि दुई लाख पर्यटक आए पनि जगतपुर पुग्दैनथे । ‘सहरमा हिमालको लुलु गाई !’ प्रकोप नियन्त्रणमा रकम अभाव शीर्षकमा पनि समाचार छापिएकाे छ ।

नयाँ पत्रिका
‘स्थायी प्रकृतिको ल्यान्डफिल साइटको माग गर्दै रिट’शीर्षकमा निराजन पौडेलले लेखेको समाचार छापिएको छ ।
काठमाडौं उपत्यकाको फोहोर संकलन गरी उचित व्यवस्थापन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । उपत्यकाको फोहोर नियमित संकलन नभएकाले प्रदूषण फैलिन थालेको भन्दै तत्काल व्यवस्थानको माग राखी अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गरेका हुन ।

रिटमा वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वातावरण विभाग, फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग, काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकालाई विपक्षी बनाइएको छ ।

अन्तपूर्ण पोस्ट
४ सय ८ महिला पुगेका छन् सगरमाथा शिखरमा शीर्षकमा छेटु शेर्पाले लेखेको समाचार छापिएको छ । हिमालसँग मानव सम्बन्ध जोडिएको ६५ वर्षे इतिहासमा जम्मा ४ सय ८ जना महिलाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

‘जलस्रोत उपयोगमा नहोस् विवाद’ शीर्षकमा रामराज शर्माको विचार छापिएको छ ।

पानीका स्रोतमाथि कब्जा जमाउने उद्देश्यले हजारौं वर्षअघिदेखि संसारका विभिन्न ठाउँमा साना–ठूला विवाद भएको इतिहास छ। स्रोत सीमित छन् तर आवश्यकता असीमित फरक–फरक। यस्तो अवस्थामा उपलब्ध स्रोतमाथि कसको अधिकार भन्ने विवाद उत्पन्न हुनु स्वाभाविक हो।

उपयोग स्रोतको उपयोग सन्दर्भमा देश–देश, प्रान्त–प्रान्त, गाउँ–गाउँ र मान्छे–मान्छेबीचमा विवाद हुनसक्छन्। नदी वा जलस्रोतबारेको विवाद खासगरी सीमा, स्रोतमा अधिकार, रणनीतिक महत्व र उपयोग जस्ता विषयमा हुने गरेको छ।

‘कुहिन थाल्यो करोडौंको स्याउ’शीर्षकमा समाचार छापिएको छ ।
बेनी–जोमसोम सडक पहिरोले अबरूद्ध बनेपछि मुस्ताङको प्रमुख कृषि उत्पादन स्याउ बजारमा र्पुयाउन समस्या भएको छ। बगैंचाबाट टिपेर बजार पठाउन ठिक्क पारेको स्याउ गोदाममै कुहिन थालेको किसानले बताएका छन्। भदौ अन्तिम सातादेखि किसानले स्याउ टिपेर बजार पठाउने तयारी गरेका थिए।
फोहोर व्यवस्थापन गर्न सर्वोच्च गुहार,पहिरो पीडितलाई राहात,कोलिफर्मयुक्त पानी बिक्री शीर्षकमा पनि समाचार छापिएको छ ।

नागरिक
‘मापदण्ड पूरा नगर्ने क्रसर उद्योग खारेज गरिने’शीर्षकमा रेखा भुसालले लेखेको समाचार छापिएको छ । प्रदेश ५ सरकारले बाह््ै महिना हुने नदीजन्य प्रदार्थको दोहोन रोक्न व्यवस्थासहितको नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माण गरेको छ ।

काराेबार

२ खर्ब ३१ अर्बको वातावरणीय क्षति’शीर्षकमा प्रगति ढकालले लेखेकाे समाचार छापिएकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्नेगरी ग्लोबल टेण्डर आह्वानको तयारी गरिरहेका बेला आयोजनाको विरोध सुरु हुन थालेको छ ।

पर्यटन मन्त्रालयले २ हजार ५ सय ५६ हेक्टर जग्गामा रुख काट्ने आदेशका लागि वन तथा वातावरण मन्त्रालयलाई पत्र लेखेसँगै पर्यावरणविद्हरूले ठूलो वातावरणीय विनास गरेर विमानस्थल निर्माण गर्न लागिएको भन्दै विरोध गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडलमा निर्माण गर्नेगरी ग्लोबल टेण्डर आह्वानको तयारी गरिरहेका बेला आयोजनाको विरोध सुरु हुन थालेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार