बुद्धचित्तको गेडासहित एक पक्राउ

भक्तपुर–बुद्धचित्तको गेडासहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले बुद्धचित्तको गेडा २ सय ४० वटा सहित भक्तपुर घलाटे बस्ने २६ वर्षीय रोशन तामाङलाई पक्राउ गरेको बताएकाे छ ।

सूर्यविनायक नगरपालिका–५ सुवर्ण चोकमा तामाङ सवार वा.८५प ३१५० नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त वुद्धचित्तको गेडा बरामद भएको प्रहरीले जनाएकाे छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेकाे बताएकाे छ।

ताजा समाचार

सम्बन्धित समाचार