पत्रपत्रिकामा आज :सडक टाल्ने बजेट विमिस्टेकमै सकियो, अस्वस्थ पानी बेच्छन् टयांकर

आज प्रकाशित पत्रपत्रिकाले वन,विकास,प्राकृतिक प्रकोप र फोहोरमैला व्यवस्थापन लगायतका विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । साथै,निजगढ विमानस्थलका बारेमा आजका सबै पत्रपत्रिकाले समाचार प्रकाशित गरेका छन् ।

आर्थिक अभियान
आजको अभियान दैनिकको प्रथम पृष्ठमा डीपीआर,साइट क्लीयर र डेभलपर छनोट सँगसँगै’शीर्षकमा समाचार छापिएको छ ।

एशिया प्रशान्त क्षेत्रकै ट्राञ्जिट हब बन्ने भन्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले निजगढ विमानस्थलले देशको मुहार फेर्ने घोषणा गरे । शनिवार नागरिक उड्डयन प्राधिकरण (क्यान)मा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उक्त विमानस्थलमा संसारका २७ विमानस्थलसँगको सम्पर्क रहने भनिएको छ । यसबाट उत्पन्न हुने रोजगारी तथा भित्र्याउने पर्यटकलगायतका कारण देशको अर्थतन्त्र उकासिने मन्त्री अधिकारीको दाबी रहेको छ ।

पर्वतका स्थानीय कृषकले ‘झाडी फाँडेर किवीखेती’ र मोरङको ‘गोकुलम रिसोर्टमा हवाइजहाज म्यूजियम’ शीर्षकमा पनि समाचार छापिएको छ ।

गोरखापत्र
‘पाँच वर्षभित्र भक्तपुर नयाँ सहर’शीर्षकमा समाचार छापिएको छ । पाँच वर्षमा अहिले निर्माणधीन ठुला आयोजनहरु सम्पन्न हुने र त्यसपछि भक्तपुर नयाँ सहर बन्ने प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले बताएका छन् ।

‘पक्राउ व्यक्ति धरौटीमा छुटे’शीर्षकमा समाचार छापिएको छ । दोलखामा विभिन्न संरक्षित तथा दुर्लभ वन्यजन्तुका अखेटोपहरासहित पक्राउ परेकाहरु धरौटीमा रिहा ह्ुने गरेका छन् ।

सुख्खा पहिरोमा दुई जनाको मृत्यु,अस्थायी तटबन्ध निर्माण,बडीगाड थुनिदा दुई जिल्लामा त्रास,गाउँको मुहान फेरिएपछि स्थानीय हर्षित,पर्यटकलाई न्यानो दिन गुइँठा संकलन,फोहोरमैला संकलनमा डोको प्रयोग र जिजगढ विमानस्थल एसियाकै ट्रान्जिट हब’ शीर्षकमा पनि समाचार गोरखापत्रले छापेको छ ।

नयाँ पत्रिका
‘२०७८ संसिरभित्र ४ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य’शीर्षकमा पुष्प कोइरालाले समाचार लेखेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले प्रबर्द्धन गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको सिभिल निर्माण कार्य अघि बढेको छ । यसअघि भारतीय कम्पनी आइभिआरसिएले निर्माण ठेक्का लिएर ४ वर्षसम्म काम नगरेपछि सो सम्झौता तोडेर नयाँ ठेक्का सम्झौता गरिएको थियो ।

त्यसपछि आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल निर्माण ठेक्का पाएको भारतीय कम्पनी जयप्रकाश एसोसिएटले सिभिल संरचना निर्माणको काम अघि बढाएको हो ।

‘निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलःबस्ती स्थानान्तरण र रूख कटान दुई वर्षभित्र’ शीर्षकमा अच्युत पुरीले समाचार लेखेका छन् ।

बाराको निजगढमा निर्माण हुने दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थलको आयोजना कार्यान्वयनपूर्वका तीन महत्वपूर्ण काम एकैपटक अगाडि बढ्ने भएको छ । करिब दुई वर्षमा आयोजना कार्यान्वयनपूर्वका सबै काम सकेर निर्माण थाल्ने योजना सरकारको छ । यसबीचमा साइट क्लियरेन्स (रूख कटान), बस्ती स्थानान्तरण र कम्पनी छनोटसँगै विस्तृत परियोजना प्रतिवदेन (डिपिआर) निर्माणको काम एकैसाथ अगाडि बढ्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।

समाचारपत्र
‘सडक टाल्ने बजेट विमिस्टेकमै सकियो’शीर्षकमा आजको समाचारपत्रमा समाचार छापिएकाे छ । सडक निर्माणमा हुने ढिलासुस्ती, सडकको गुणस्तर, सरोकारवाला निकायहरुबीच समन्वयको अभाव र आगामी योजना जस्ता विषयमा केन्द्रीत रहेर सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठको अन्तरवार्ता छापेको छ ।

राजधानी
‘बाढीपहिरोदेखि पूर्वाधार निर्माणसम्मका गुनासा’शीर्षकमा आजकोे राजधानीले समाचार छापेको छ । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बाढीपहिरोबाट भएको क्षति, चुरे क्षेत्रमा हुँदै आएको प्राकृतिक स्रोत साधनको दोहन, पूर्वाधार निर्माणमा देखिएको लापरवाही र स्वास्थ्य सेवा विस्तारलगायतका विषय उनीहरुले उठाए ।

‘अव्यवस्थित विद्युतीय पोलले दुर्घटना सम्भावना’शीर्षकमा सुन्दरकुमार थकालीले लेखेको समचार प्रकाशित छ ।
बेनी–जोमसोम करिडोरको सडकमा विद्युतीय जोखिम बढेको छ । करिडोर र नेपाल विद्युत् प्राधिकरणबीच समन्वय नहुँदा त्यस्तो जोखिम देखिएको हो ।

पर्वतको मिलनचोकदेखि म्याग्दीको तातोपानी विद्युत् वितरण केन्द्र हुँदै प्रवाह हुने ३३ केभी राष्ट्रिय विद्युत् प्रसारण लाइन मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङ सबस्टेसनमा आइपुग्छ । ७६ किलोमिटर सडकमा विद्युतीय संरचना व्यवस्थित गर्न हेलचक्र्याइँ गरिँदा मुस्ताङ सडक जोखिममय बनेको हो ।

कान्तिपुर
‘अस्वस्थ पानी बेच्छन् टयांकर’ शीर्षकमा प्रशान्त मालीले लेखेको समाचार छापिएको छ ।

गोदावरी कुण्डमा नुहाउन मनाही छ । तैपनि नुहाउने मानिसहरूको संख्यामा भने कमी छ्रैन । कुण्डको पानीबाट लामकुण्ड बनेको छ । त्यहाँ लुगा धुनेहरू लस्करै देख्न सकिन्छ । लामकुण्डमा बाटोमा फालिएको फोहोर सिधै मिसिने गरेको छ ।
त्यही फोहोर कुण्डको एक छेउमा पाइप जडान गरेर लगिएको पानी नजिकैको कृत्रिम पोखरीमा जम्मा गरिएको छ । फिल्टर पनि राम्रोसँग गरिएको छैन । यही पानी पिउनका लागि निजी टयांकर व्यवसायीले बिक्री गर्दै आएका छन ।

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः ईआईए प्रतिवेदनमै त्रुटि’शीर्षकमा अब्दुल्लाह मियाँले लेखेको समाचार पृष्ठ ९ मा छापिएको छ ।

निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) मा गम्भीर त्रुटि रहे पनि वन तथा वातावरण मन्त्रालयले हतार–हतार स्वीकृत गरेको खुलेको छ । विमानस्थलको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन (डीपीआर) नबन्दै पेस गरिएको ईआईए प्रतिवेदन मन्त्रालयले गत जेठ ९ मा स्वीकृत गरेको हो ।‘

पदमार्ग असुरक्षित, आरोहीलाई हेलिकप्टरकै भर’शीर्षकमा हरिराम उप्रेतीले समाचार लेखेका छन् ।
लगातारको वर्षासँगै आएको बाढीपहिरोले पदमार्ग असुरक्षित भएपछि मनास्लु हिमाल आरोहणका लागि आउने पर्यटकले हवाईमार्ग प्रयोग गरिरहेका छन् । मौसम सफा भएको दिन उक्त क्षेत्रमा दैनिक सरदर ५ हेलिकप्टरले पर्यटक ओसार्ने गरेका छन । उत्तरी गोरखाको सिर्दिबासमा सामान ओसारपसार गर्दै हेलिकप्टर ।

सेप्टेम्बर र अक्टोबरलाई मनास्लु हिमाल आरोहणका लागि उपयुक्त सिजन मानिन्छ । आरोहणका लागि यसपटक ९ समूहमा आएका पर्यटक हेलिकप्टरबाट सामागाउँ पुगिसकेका छन ।

अन्नपूर्ण पोस्ट
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिट हब बन्ने’शीर्षकमा समाचार छापिएको छ ।

बाराको निजगढमा निर्माणाधीन विमानस्थल अन्तर्रा्ष्ट्रिय ट्रान्जिट हबका रूपमा प्रयोग गरिने भएको छ । यो विश्वकै नमुना विमानस्थल बन्ने भएकाले ट्रान्जिट हबका लागि प्रयोग गर्न लागिएको हो । विश्वका जुनसुकै स्थानमा सीधा उडान गर्न सकिने गरी यो विमानस्थल बनाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

दुई महिनामै भत्कियो नारायाणी तटबन्ध,जलविद्युत् केन्द्र बन्दै दोलखा, थुनिएका बडिगाड फ्ट्ने खतरा टर्यो
‘ढुंगा–गिट्टी उत्खनन्मा स्थानीय तहको हतारो’शीर्षकमा लक्ष्मण पोखरेलले लेखेको समाचा् छापिएको छ ।

स्थानीय तहले नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) उत्खनन्को कार्य्विधि नबन्दै उत्खनन् र बिक्री वितरणको तयारी थालेका छन् । संविधानले दिएको नदीजन्य पदार्थको व्यवस्थापन अधिकार कार्यान्वयनको पहिलो वर्ष नै उत्खनन्मा हतारो गरिएको हो ।

तहले प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापन तथा बिक्री वितरणसम्बन्धी कार्य्विधि नबनाउँदै बोलपत्र आह्वान गरेका छन् । नदीजन्य पदार्थ असोज १ गतेदेखि जेठ मसान्तसम्म उत्खनन् गर्न सकिने प्रावधान छ । तर प्रदेशले बनाउने कार्यविधिले मात्रै यसको समयसीमा निर्धारण गर्नेछ । नदीजन्य पदार्थको राजश्व दर, वातावरणाीय मूल्यांकन प्रक्रिया र वितरण प्रक्रिया समेत कार्य्विधिले तोक्नेछ । यसको बेवास्ता गर्दै तहले प्रक्रिया थालेका हुन् ।

नागरिक
‘रूख काट्नै हतार’खिलक बुढाथोकीले समाचार लेखेको समाचार छापिएको छ ।

विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डिपिआर)का आधारमा कुनै पनि आयोजनाका लागि पूर्वाधार निर्माण थालिने भए पनि निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउन भने त्यसभन्दा अघि नै रूख काट्ने तयारी गरिएको छ।

‘अखाद्य भन्दै सिल गरेको उद्योगको तेल गुणस्तरीय’शीर्षकमा दिलीप पौडेल र रितेश त्रिपाठीले लेखेको समाचार आजको नागरिक दैनिकको प्रथम पृष्ठमा छापिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको बजार अनुगमन अपरिपक्व देखिएको छ। मन्त्री यादव नेतृत्वको टोलीको अनुगमनपछि यथेष्ट प्रमाण नै नजुटाई निम्बस समूहले पर्सामा सञ्चालन गरेको तेल उद्योगमा सिल गरेको भेटिएको हो। उद्योगमाथि लगाएको आरोपको प्रमाण नजुटेपछि मन्त्रीकै निर्देशनमा सिल खोलिएको छ। मन्त्री यादव नेतृत्वको टोलीले उद्योगबाट लिएको तेलको स्याम्पल (नमुना) गुणस्तरहीन भन्दै ताला लगाए पनि उद्योगले बजारमा बिक्री गरेको तेल नेपाल गुणस्तर तथा नापतौल विभागको ल्याब परीक्षण गर्दा गुणस्तरीय (खानयोग्य) प्रमाणित भएको छ। ‘खाल्टाखुल्टी पुर्न वार्षिक १४ अर्ब बजेट’शीर्षकमा पनि समाचार छापिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार