काठमाडौं– राष्ट्रिय गौरवका आयोजनाराष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदीप अधिकारीले बारामा प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको कल्पनासम्म गर्न नसकिने बताएका छन्।
नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले शुक्रबार राजधानीमा आयोजना गरेको ‘प्रस्तावित निजगढ विमानस्थल निर्माण : सम्भावना र चुनाैती विषयक अन्तर्क्रिया’ मा निर्देशक अधिकारीले भने, ‘चुरेभन्दा दक्षिण तराई क्षेत्रमा योभन्दा उपर्युक्त ठाउँ अन्त छैन। त्यसैले निजगढको विकल्पको कल्पना पनि नगरौं।’
निजगढ विमानस्थलको क्षेत्र राजधानी काठमाडौंको नजिक, हवाइ उडानको हिसावले पनि सुरक्षित र जियोलोजिकल रुपमा पनि योग्य रहेकाले विकल्प खोज्न नसकिने उनको भनाइ छ।
निजगढ विमानस्थलका लागि पहिलो चरणमा साढे सात लाख रुख कटान गर्नुपर्ने हुन्छ, भने विमानस्थल शहर पनि विस्तार गरेमा थप रुख काट्नुपर्ने हुन्छ।
निर्देशक अधिकारीले भने, ‘अहिले सञ्चालनमा रहेका विमानस्थल फुलफेजका होइनन्, निजगढ विमानस्थल हब हुनेछ।’
यद्यपी, इआइएमा केही त्रुटि हुनसक्ने उल्लेख गर्दै अधिकारीले त्यसलाई सच्याइने बताए।
वन तथा वातावरण मन्त्रालयले १० जेठ २०७५ मा स्वीकृत गरेको विमानस्थलको इआइए प्रतिवेदनमा क्षेत्र ८ हजार ४५ दशमलव ७९ हेक्टर जग्गा आवश्यक पर्छ। यद्यपी,१ हजार ९ सय हेक्टरमा विमानस्थलको संरचना निर्माण हुनेछ।