पत्रपत्रिकामा आज : पहिरोले सात घर बगायो,धमाधम बन्दै सम्पदा

काठमाडौं –आजका पत्रपत्रिकामा प्रकृतिक प्रकोप ,विकास निर्माण र वातावरणीय मुद्दाका विषयमा विभिन्न समाचार छापिएको छ ।

अन्नपूर्ण पोष्ट
पहिरोले सात घर बगायो’ शीर्षकमा अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ । हिमालपारिको चुमनुब्री गाउँपालिका घट्टेखोलामा आएको पहिरोले सात घर बगाएको समाचार गोरखाबाट शिव उप्रेतीले लेखेका छन् । सूर्यमान गुरुङ, बहादुर गुरुङ , बुद्धिमान गुरुङ, कुमारी गुरुङ, रामबहादुर गुरुङ , लक्ष्मी गुरुङ र कालीमाया गुरुङको घर बगाएको गाउँपालिका उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन् ।

काठमाडौं उपत्यकामा एक वर्षमा २ सय ठाउँमा आगलागी भएको खबर पनि अन्नपूर्ण पोष्टमा छ । सुरेन्द्र काफ्लेले लेखेको समाचारमा उपत्यका आगलागीका लागी उच्च जोखीममा रहेको उल्लेख छ ।

राजधानी

’सम्पदा बस्ती मौलिक स्वरूपमै पुनर्निर्माण गरिने’  शीर्षकमा शिव दवाडीले समाचार लेखेका छन् । सरकारले काठमाडौं उपत्यकाभित्रका सम्पदा वस्ती मौलिक स्वरूपमा नै निर्माण गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले सम्पदा बस्तीको मौलिक स्वरूप नवीकरण निर्णय गरेसँगै उपत्यका पुराताŒिवक सम्पदाको मौलिक स्वरूप ननासिने भएको हो ।

पुननिर्माण प्राधिकरणले खोकना, बुङमती, साँखु, किलागलजस्ता परम्परागत बस्तीहरू तथा उपत्यकाबाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारजस्ता क्षेत्रहरूमा परेका बस्तीहरूको पुनर्निर्माण गर्दा बस्तीको मौलिक स्वरूपलाई यथावत कायम गर्ने गरी पुनर्निर्माण गर्ने निर्णय गरेको छ । ती क्षेत्रका वस्ती पुननिर्माणका लागि आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकासलगायतका पूर्वाधारको पुनर्निर्माण गर्नका लागि सरकारले प्राधिकरणमार्फत नै लगानी गर्ने निर्णय समितिको छ ।

अल्टिच्युड एयरको उडानमा प्रतिबन्ध सम्बन्धि समाचार पनि छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी वायुसेवा कम्पनी अल्टिच्युड एयरको उडान रोकेको छ । केही दिनअघि भएको दुर्घटनापछि छानबिनका लागि भन्दै अहिले प्राधिकरणले सो कम्पनीको उडान रोकेको हो । प्राधिकरणले कम्पनीको उडानमा रोक लगाउनु स्वभाविक हो । दुर्घटनापछि पुर्नमूल्यांकन गर्न प्राधिकरणले कम्पनीको उडानमा रोक लगाएको जानकारी गराउँदै प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने, ‘कम्पनीलाई हामीले ‘सेफ्टी एसेसमेन्ट’ गर्नका लागि निर्देशन दिएका छौं ।’ यसैगरी, हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न बनाएको समितिले अनुसन्धान सुरु गरेको छ । छानबिन समितिको टोली बिहीबार दिउँसो घटनास्थलमा जाने क्रममा मौसम खराब भएपछि बीच बाटोबाटै फर्किएको छानबिन समिति अध्यक्ष बुद्धिसागर लामिछानेले जानकारी दिए ।

नागरिक
नागरिक दैनिकमा विकास निर्माणसँग जोडिएका विभिन्न समाचार प्रकाशित छन् । विशेषगरी सडक निर्माणमा देखीएका त्रुटिहरु औल्याइएको छ । राजविराज कुनौली सडक निर्माण ठेकेदार कम्पनीका कारण अलपत्र परेको समाचार सप्तरीबाट आएको छ ।

यसैगरी सन्तोष पोखरेल र हरिकृष्ण गौतमले मुस्ताङबाट ‘बेनी–जोमसोम सडक छियाछियाँ ’ शीर्षकमा समाचार लेखेका छन् ।मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ। पहिरोले बगेको सडक थप पहिरो नझरे पहिलेकै अवस्थामा फर्किन कम्तीमा एकसाता लाग्ने सडक आयोजनाले जनाएको छ । विस्तार र स्तरोन्नति क्रममा रहेको सडकको ठाउँठाउँमा भीषण पहिरो गएको छ। सबैभन्दा ठूलो पहिरो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभीरमा खसेको छ। काभ्रेभीरमा बर्सेनि पहिरो जाने गरेको छ। बेनी–जोमसोम खण्डमा पर्ने काभ्रेभीर हिमालपारिको जिल्ला मुस्ताङका लागि चुनौती बन्दै गएको छ। त्यसबाहेक सडकका ठाउँठाउँमा रहेका पुलसम्मको एप्रोच९पुल अड्ने संरचना वा ठाउँ० नै पहिरोले बगाएको छ।

बेनी–जोमसोम–कोरला आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार यसपटक कालिगण्डकी नदी उर्लेर आउँदा बेनी–जोमसोम खण्ड छियाछिया परेको छ। ‘अहिलेसम्मकै बढी पानी परेको अनुमान छ । बेनी–जोमसोम खण्ड पूरै अस्तव्यस्त छ,’ उनले भने, ‘ठाउँठाउँमा भीषण पहिरो खसेको छ। कालिगण्डकी नदीको कटान उत्तिकै छ।’ उनका अनुसार माथिल्लो भेगमा यसपालि अचाक्ली पानी परेको र त्यसले नदीमा बहाव बढेको थियो। त्यही बहावले कटान गर्दै जाँदा सडक खसेको उनले बताए।

नयाँ पत्रिका

धमाधम बन्दै सम्पदा शीर्षकमा योगेश ढकालले समाचार लेखेका छन् । सन् २०२० अघि नै अधिकांश सम्पदा पुनर्निर्माण सक्ने लक्ष्य सरकारको छ । आगामी असारसम्म १०५ वटा सम्पदाको संरक्षण, जीर्णोद्धार र पुनर्निर्माण सक्ने लक्ष्य पुरातत्व विभागको छ । देशका प्रमुख पर्यटकीय गन्तव्यमध्ये वसन्तपुर, पाटन र भक्तपुर दरबार पर्छन् । यी क्षेत्रका सम्पदाहरूको पुनर्निर्माण भइरहेको विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । सरकारले उपलब्ध गराउने बजेटका आधारमा पुनर्निर्माणको गति भर पर्ने दाहालको भनाइ छ ।

संरक्षण, जीर्णोद्धार र पुनर्निर्माणमा ३३ अर्ब खर्च लाग्ने अनुमान
०७२ को भुइँचालोबाट क्षति पुगेका सांस्कृतिक सम्पदाको संरक्षण, जीर्णोद्धार र पुनर्निर्माणका लागि ३३ अर्ब लागत अनुमान गरिएको छ । भूकम्प गएकै वर्ष योजना आयोगले गरेको अध्ययनले करिब २० अर्ब ५५ करोड ३ लाख लाग्ने अनुमान गरेको थियो । पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि अध्ययन ग¥यो । प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बास्कोटाका अनुसार उक्त अध्ययनले करिब ३३ अर्ब ८० करोड रुपैयाँ खर्च लाग्ने अनुमान निकाल्यो । अहिले प्राधिकरणकै खर्च अनुमानअनुसार विभागको डिजाइन र अनुगमनमा काम भइरहेको छ ।

गुम्बा तथा बिहारहरूको संरक्षण, जीर्णोद्धार एवं पुनर्निर्माणका लागि मात्रै योजना आयोगले करिब ८ अर्ब ९४ करोड ६० लाख खर्च लाग्ने अनुमान गरेको थियो ।

विश्वसम्पदाका क्षेत्रका ४३ सम्पदा निर्माण सम्पन्न
विश्वसम्पदामा सूचीकृत भएका क्षतिग्रस्त ६५ मध्ये ४३ सम्पदाको संरक्षण, जीर्णोद्धार र पुनर्निर्माण सकिएको छ । पुरातत्व विभागबाट सञ्चालन भएका ३२ मध्ये ११ र स्थानीय तह, विभिन्न संघसंस्थाबाट संरक्षण तथा पुनर्निर्माण भएका ३३ मध्ये ३२ सम्पदाको काम सकिएको विभागले जनाएको छ ।

वैदेशिक सहायतामा काठमाडौं उपत्यका संरक्षण कोषले १० सम्पदाको संरक्षण तथा पुनर्निर्माण सम्पन्न गरेको छ । कोषलाई विभिन्न देशबाट प्राप्त सहयोगले ललितपुरको तलेजु र मूलचोक छाना, मंगलबजार गंगाहिटीस्थित सोह्रखुट्टे पाटी, पाटन दरबार क्षेत्रको सुन्दरीचोकको पूर्वी लंग, पाटन भीमसेन मन्दिरअगाडिको सिंहको मूर्ति, पाटन दरबारअगाडिको योगनरेन्द्र मल्लको सालिक, पाटन मंगलबजारको मणिमण्डप र पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर निर्माण सम्पन्न भएका हुन् । ललितपुरमा तलेजु मन्दिरको पश्चिमतर्फको शिव मन्दिर, सरस्वती मन्दिर, कालभैरवतर्फको लक्ष्मीनारायण मन्दिर पनि बनेका छन् ।

आगामी असारसम्म काष्ठमण्डपको एकतला बनाइसक्ने योजना
पुरातत्व विभागका महानिर्देशक दाहालका अनुसार काठमाडौं महानगरले पुनर्निर्माण गर्ने काष्ठमण्डप ०७६ असार मसान्तसम्म एक तलासम्म पुनर्निर्माण भइसक्छ । शुक्रबार भएको बैठकले टेन्डरविना नै स्थानीय सहभागितामा विभागको डिजाइनअनुसार निर्माण गर्ने सहमति गरेको हो । काष्ठमण्डप पुनर्निर्माणमा १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । करिब ५० लाखसम्म इँटामा र ३० लाखसम्म माटोमा खर्च लाग्ने अनुमान छ । आवश्यक काठ भने नेपाल टिम्बर कर्पोरेसनले उपलब्ध गराउनेछ ।

२८ सम्पदा पुनर्निर्माणमा भारतको ५० करोड डलर
नेपालका सम्पदाहरू पुनर्निर्माणका लागि भारतले ५० करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ । नेपाल र भारत सरकारबीच सहमति भइसकेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको सहमतिअनुसार भारतले २८ वटा मठ–मन्दिर तथा बिहारलगायत सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि खर्च गर्नेछ ।

बौद्धनाथ स्तुप सबैभन्दा पहिले पुनर्निर्माण हुने सम्पदा
भुइँचालोले क्षति पुगेका १ हजार ५९८ सम्पदामध्ये पुननिर्माण भएको पहिलो सम्पदा हो बौद्धनाथ स्तुप । बौद्धनाथ स्तुपको पुनर्निर्माणका लागि सरकारी खर्च लागेको छैन । स्थानीयले जुटाएको खर्चले पुनर्निर्माण भएको हो । बौद्धनाथ स्तुप पुनर्निर्माणमा करिब १८ करोड ४५ लाख रुपैयाँ अनुमान गरिएकोमा २३ करोड रुपैयाँ खर्च भएको थियो ।

सम्पदा संरक्षणमा जापानले खर्चियो ३३ करोड
जापानले केआर फन्डबाट ३३ करोड रुपैयाँ नेपालका सम्पदाका लागि खर्चिएको छ । यो रकमले हनुमानढोकास्थित आगंछे तथा दरबारको पश्चिमी भाग र पाटन दरबारस्थित देगुतलेजु मन्दिरको संरक्षण गरिएको छ ।

हनुमानढोकाको गद्दी बैठक पुनर्निर्माणमा अमेरिकाको ७ करोड
अमेरिकी एम्बेस्डर फन्डले दुईवटा सम्पदाको संरक्षण, जीर्णोद्धार र पुनर्निर्माण गर्न स्वीकृत पाएको थियो । पुुरातत्व विभागको डिजाइन र अनुगमनमा काम हुने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट स्वीकृत पाएको थियो । त्यससध्ये हनुमानढोकास्थित गद्दी बैठकको पुनर्निर्माणका लागि करिब ७ करोड खर्च भएको छ । उक्त गद्दीको पुनर्निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण भइसकेको छ ।
प्राधिकरणका पुरातत्व अधिकृत बास्कोटाका अनुसार वसन्तपुर दरबार परिसरका पञ्चमुखी हनुमान, कागेश्वर महादेव, वंशगोपाल मन्दिर, नगरा घर, सेतो भैरवलगायत सम्पदाको पुनर्निर्माण पनि सकिएको छ ।

स्वयम्भूका २३ सम्पदामध्ये १८ वटाको काम सकियो
स्वयम्भूनाथ क्षेत्रमा पुनर्निर्माण गर्नुपर्ने २३ वटा सम्पदामध्ये १८ वटा सम्पन्न भएको विभागका महानिर्देशक दाहालले बताए । उनका अनुसार स्वयम्भूनाथ परिसरका प्रतापपुर, आनन्दकुटी, शान्तिपुर, कर्मनाराज महाबिहार पुनर्निर्माण भइसकेका छन् । साथै, विभिन्न चैत्य पनि निर्माण भएका छन् ।

पशुपति क्षेत्रका केही बनिसके केही सम्पदा पुनर्निर्माण हुँदै
पशुपति क्षेत्रमा पनि केही सम्पदाको पुनर्निर्माण सकिएको छ भने केहीको धमाधम काम भइरहेको छ । लालगणेश मन्दिर, गुह्येश्वरी सत्तल, शिवालयहरू, शंकरनारायण सत्तललगायत सम्पदा पुनर्निर्माण सकिएको प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बास्कोटाले बताए । विभागका महानिर्देशक दाहालले पनि पशुपति क्षेत्रका १२ वटा जति सम्पदाको पुनर्निर्माण सकिएको जानकारी दिए ।

भक्तपुरमा चाँगुनारायणलगायत केही मन्दिरको जीर्णोद्धार सकियो
पुनर्निर्माण सम्पन्न भएको दोस्रो सम्पदा चाँगुनारायण मन्दिर हो । यो मन्दिर रेट्रोफिटिङ गरिएको हो । अध्ययनअनुसार भुइँचालोले भक्तपुरको चाँगुनारायण मन्दिर ८ इन्च ढल्केको थियो भने माथिल्लो भागको गारो ३ इन्चसम्म बाहिरिएको थियो । चाँगुनारायणको जीर्णोद्धार असार ०७३ मा सुरु गरी असोज ०७४ मा सकिएको हो । पुनर्निर्माणमा ६६ लाख रुपैयाँ खर्च भएको छ ।

भक्तपुर संरक्षित स्मारक क्षेत्रभित्रका रामेश्वर मन्दिर, खौमागेट, बद्रीनारायण मन्दिर, शेष ९शंकर० नारायण मन्दिर तथा अन्य २ वटा नारायणका मन्दिरको पुनर्निर्माण पनि सकिएको छ । चाँगुनारायण संरक्षित स्मारक क्षेत्रभित्र पर्ने किलेश्वर महादेव मन्दिरको पनि संरक्षण तथा जीर्णोद्धार भएको छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार चाँगुनारायण मन्दिरसँगै वरपरको सत्तल तथा अन्य सम्पदा र क्षेत्रको पुनर्निर्माणका लागि करिब २३ करोड खर्च हुनेछ, काम सुरु भइसकेको छ ।

सम्पन्न भएका केही सम्पदा

(त्रिपुरेश्वर महादेव मन्दिरको चार कुनाको मन्दिर सत्तल
(काठमाडौं नागार्जुन नपा जमाचोस्थित पाटी
(काठमाडौं नागार्जुन नपा इचंगुनारायणस्थित सत्तल
(कीर्तिपुरस्थित लोंहदेग मन्दिर
(इचंगुनारायणको शरण भद्रेश्वर महादेव मन्दिर
(गोकर्णस्थित सरस्वती तथा भीमसेन मन्दिर
(ललितपुरस्थित व्रजबाराही मन्दिर
(नुवाकोटस्थित गणेश मन्दिर
(देवल भद्रेश्वर महादेव
(कालिका मन्दिरको छाना
(ओखलढुंगास्थित शिवमन्दिर
(रामेछापस्थित खाँडादेवी मन्दिर
(धादिङस्थित ककालिनी मन्दिर
(गोकर्णस्थित पदममुक्तेश्वर शिवालय
(सिन्धुपाल्चोकस्थित रण नैनेश्वर महादेव मन्दिर र सत्तल
– दोलखास्थित कमलामाई मन्दिर
(दोलखास्थित महांकाल मन्दिर
(दोलाखस्थित बाँसखर्च भीमसेन मन्दिर
(दोलखास्थित कैलेश्वर महादेव मन्दिर
(गोरखा दरबार परिसरको गोरखनाथ मन्दिर
(गोरखा दरबार परिसरको रोटपाटी
(गोरख दरबार परिसरको श्री विद्यामन्दिर
(हनुमानढोकास्थित तानादेवी मन्दिर
(साँखुस्थित कृष्ण मन्दिर
(खोकनास्थित रुद्रायणी सत्तल
(शंखमूलस्थित आगो ताप्ने पाटी
(कीर्तिपुरस्थित याक फल्चा
(कीर्तिपुरस्थित चिलंचो चैत्य
(कीर्तिपुरस्थित गुत्पौ पाटी
(भक्तपुरस्थित गोपीनाथ मन्दिर
(कीर्तिपुरस्थित दिखु फल्चा
(साँखुस्थित नर्वदेश्वर महादेव मन्दिर
(सिन्धुपाल्चोकस्थित भगवान् चैत्य
(नुवाकोटस्थित ब्रह्मेश्वर महादेव
(चाँगुनारायणस्थित छिन्नमस्ता मन्दिर
(गोरखा बुङकोटस्थित गोरखकाली मन्दिर
(झौखेलस्थित ज्योतिर्लिंगेश्वर
(भक्तपुर चोडेस्थित पाटी
(बनेपास्थित पुलिस सत्तल
(गोरखा गुम्दास्थित छोर्तेन
(चाँगुनारायण मन्दिर परिसरको सरस्वती मन्दिर
(हनुमानढोका दरबार परिसरको तलेजु मन्दिर
(भक्तपुर दरबार परिसरको पुलिस हाउस
(नैकाप सत्तल
(सतुंगलस्थित विष्णुदेवी मन्दिर
(स्वयम्भूस्थित किमडोल बिहार, अनन्तपुर, प्रतापपुर
(राष्ट्रिय संग्रहालय परिसरको सैनिक आवास
(दोलखास्थित टहले मन्दिर
(रामेछापस्थित नारायण मन्दिर सत्तल
(भक्तपुरस्थित नगदेश गणेश मन्दिर,
(अनन्तलिंगेश्वर मन्दिर, चाँगुनारायण मन्दिर
(टोखास्थित तलेजु मन्दिर,
(हनुमानढोकास्थित वंशगोपाल
(कीर्तिपुरस्थित मनकामना मन्दिर
(बुङमतीस्थित मनकामना मन्दिर
(फर्पिङस्थित भञ्ज्याङ पाटी
(काभ्रेस्थित पलाञ्चोक भगवती मन्दिर
(स्वयम्भूस्थित किमडोल बिहार, अनन्तपुर, प्रतापपुर

पर्याप्त बजेट भए छिटो काम गर्न सकिन्थ्यो
भेषनारायण दाहाल, महानिर्देशक, पुरातत्व विभाग
भुइँचालोले क्षति पुर्‍याएका सम्पदाहरू पुनर्निर्माणका लागि हामी लागिरहेका छौँ । पर्याप्त बजेट प्राप्त भए सहज र छिटो काम गर्न सकिन्छ । अहिले स्थानीय तहसँग मिलेर पनि काम भइरहेको छ । हाम्रो डिजाइन र अनुगमनमा सम्पदाहरू पुनर्निर्माण भइरहेका छन् । अहिलेसम्म १८५ वटा सम्पदाको पुनर्निर्माण सकिएको छ । विश्व सम्पदाका ४६ वटा निर्माण भएका छन् ।

महत्वपूर्ण केही सम्पदा पुनर्निर्माण भइसकेका छन्
भीष्म बास्कोटा, पुरातत्व अधिकृत, पुनर्निर्माण प्राधिकरण

सम्पदा संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माणका लागि करिब ३३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छौँ । त्यसैअनुसार काम भइरहेको छ । गोरखा दरबार, पशुपतिनाथ, पाटन दरबार, भक्तपुर दरबार, हनुमानढोका दरबार क्षेत्रका धेरै सम्पदा पुनर्निर्माण भएका छन् । बौद्धनाथ स्तुप, चाँगुनारायण, स्वयम्भूनाथ क्षेत्रमा पनि संरक्षण, जीर्णोद्धार र पुनर्निर्माण भएको छ । खासगरी बजेट, निर्माण सामग्री, नीति, जनशक्तिलगायत कारण ढिलाइ भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार