आज प्रकाशित पत्रपत्रिकाले प्राकृतिक प्रकोप,विकास र कृषिका विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।साथै,तीन वर्षमा मोनोरेल आउने समाचार सबै पत्रपत्रिकाले महत्वका साथ छापेका छन् ।
राजधानी दैनिक
‘पहिरोमा परेर चार जनाको मृत्यु,तीन बेपत्ता’शीर्षकमा आजको राजधानी दैनिककौ पृष्ठ ३ मा समाचार छापिएको छ । लमजुङको विभिन्न स्थानमा बुधबार परेको वर्षाले पहिरो जाँदा चार जनाको मृत्यु भएको छ ।
थासाङका दर्जनौं स्थानमा बाढी पहिरो र उपभोक्ता संरक्षण ऐन संशोधन गरिने शीर्षकमा पनि राजधानी दैनिकले समाचार छापेको छ ।
नेपाल समाचारपत्र
‘टासिघाङः विकास र समृद्धिको गाँउ’ शीर्षकमा चिरञ्जीवी मास्के समाचार लेखेका छन् । । चिनीया नागरिक खान्ड्रोको उमेर अहिले ६८ बर्ष पुग्यो । नाती नातिनीसंग रमाई रहेकी खान्ड्रोको मुहारमा जती खुशी देखिएको छ मनमा पनि त्यतिकै सन्तोष र उत्साह रहेको बताउनुहुन्छ ।
तिब्बतको लुलाङ काउण्ट्रीमा पर्ने टाँसीघाङ गाँउकी खान्ड्रोको खुशी र उत्साह आफ्नो गाँउको विकास र समृद्धिसंग जोडिएको छ । अहिले गाँउमा कुनै कुराको कमी छैन्, सबै सुविधा सरकारले उपलब्ध गराइदिएको छ । गाउंका सबै जनात सम्पन्न छन्, त्यसैले सबै खुसी नहुने कुरै भएन – खान्ड्रो भन्नुहुन्छ ।
चक्रपथमा मानोरेल सञ्चालनको सम्भावना,पर्यटक भित्र्याउन भ्युटावर निर्माण गरिने,बाढीले विद्यालय बगायो र बाढीपीडितलाई राहत विरण गरिने शीर्षकमा पनि समाचार छापिएको छ ।
नयाँ पत्रिका
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको खास विवाद के हो ?शीर्षकमा अच्युत पुरीले आजको नयाँ पत्रिकामा समाचार लेखेका छन् ।
बाराको निजगढमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (एसआइए)का लागि साढे दुई लाख मात्र रूख काट्दा पुग्ने अनुमान गरिएको छ । एसआइएले चर्चेको करिब ८० वर्गकिलोमिटर क्षेत्रफल रहने जग्गाको ९० प्रतिशत क्षेत्र जंगलले ढाकेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनअनुसार सो क्षेत्रफलभित्र करिब ६ लाख सालका परिपक्व रूख र १८ लाख कु–काठ छन ।
तर, विमानस्थलको दुई धावनमार्ग, ट्याक्सी वे, पार्किङ, टर्मिनल भवनलगायत अत्यावश्यक पूर्वाधार बनाउन २ लाख ४० हजारवटा रूख काट्दा पुग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए ।
‘चक्रपथमा मानोरेल सञ्चालन सम्भव’ शीर्षकमा प्रथम पष्ठमा समाचार छापिएको छ ।
नागारिक
‘भेरीमा जोखिमपूर्ण यात्रा’शीर्षकमा नगेन्द्र उपाध्यायले लेखेको समाचार छापिएको छ ।
भेरीगंगा नगरपालिका–१ का बासिन्दा सदरमुकाम वीरेन्द्रनगर आउँदा भेरी नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। बर्खाको भेलमा पनि ट्युबको भरमा भेरी वारपार गर्नुपर्ने अवस्था छ। भेरी नदी पार गर्ने क्रममा २०५४ सालयता १४ जनाले ज्यान गुमाइसकेका छन्।
भेरीगंगा नगरपालिकाअन्तर्गतका आदी, बसेरा, सालघारी, बारूले, घुमाउने, सिसौ, ढाप, सुनकाउली, मनिरामकाँडालगायत गाउँका २२ सयभन्दा बढी घरधुरीका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
‘कुहिँदै डोल्पाका स्याउ’ शीर्षकमा बिष्णुप्रसाद देबकोटाले लेखेको समाचार नयाँ पत्रिकाको आर्थिक पृष्ठमा छापिएको छ ।
“ए सर हजुर कता जान थाल्नु भएको हो स्याउ खानेभए धित मर्नेगरी आफैं टिपेर लैजानुहोस्, पैसो पर्दैन है हजुर” यसो भन्दै थिइन स्याउ कृषक फुलकुमारी बुढा। स्याउ राजधानीको रूपमा चिनिने डोल्पाको रंगगाउँमा यतिखेर जो कोही पाहुना गाउँमा आउँछन उनीहरूलाई सत्कार स्वरूप टन्न स्याउ खान दिएर, फर्कदा स्याउ उपहार सहित पठाउने गर्छन रंगका स्याउ कृषक।
यो वर्ष बिगतको तुलनामा धेरै स्याउ फलेको डोल्पाको रंग गाउँमा बजारको अभावमा स्याउ कोल्डस्टोर मै कुहिन थालेपछि कृषक चिन्तित बनेका छन्। त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने रंग गाउँका कृषकको फारममा फलेको स्याउ नेपालकै स्वादिष्ट र गुणस्तरीय मानिन्छ।
भरतपुरमा फोहोर व्यवस्थापन गुरूयोजना बन्ने,पहिरोमा फसेकालाई हेलिकप्टरबाट उद्धार,नाका जोड्न सडक सुचारू,बाँदरका कारण अन्नबालीमा परर्निरता बढ्योर आगामी वर्षदेखि बर्खामा बिजुलीमा आत्मनिर्भर,डोल्पाली भोकै,नाकामा खाद्यान्न अलपत्र र पावरहाउस हेरेरै चित्त बुझाउछन् उपभोक्ता शीर्षकमा नागरिकले समाचार छापेको छ ।
कागेश्वरीमा अवैध बालुवा उत्खनन्,अचेल उडुदैन बेलुन,स्थानीयले बनाए पार्क र चक्रपथमा मोनोरेल सम्भव शीर्षकमा पनि समाचार छापिएको छ ।
अन्नपूर्ण पोस्ट
‘केरौंजाका भूकम्पपीडित बने शरणार्थी’शीर्षकमा पृष्ठ ६ मा शिव उप्रेतीले लेखेको समाचार छापिएको छ ।
भूकम्प र त्यसपछिको पहिरोले विस्थापित भएका केरौंजाका बासिन्दा गोरखा सदरमुकाम शिविर बनाएर बसेका छन् । बस्ने घर र गरिखाने बारी पहिरोले बढारेपछि केरौंजाको साविक वडा नं. ४ का भूकम्पपीडित गोरखा नगरपालिका ८ सिमलगैरीमा शिविर बनाएर शरणार्थीजस्तै बसेका हुन् ।
२०७२ बैशाख १२ को भूकम्प र लगातारको परकम्पले कमजोर बनाएको केरौंजा गाउँमाथिको पहाडमा पहिरो गएपछि त्यहाँको १ सय ४० घर बगाएको स्थानीयको भनाइ छ ।
‘मलका लागि भारत जानुपर्ने बाध्यता’शीर्षकमा समाचार छापिएको छ । पाली बजारमा मलको अभाव भएपछि किसानहरू महँगो मूल्य तिरेर भारतीय बजारबाट मल ल्याउन बाध्य बनेका छन् । कृषि समग्री कम्पनीले गुणस्तरहीन डल्ला परेको मल वितरण गर्न थालेपछि किसान मल लिन भारतीय बजार धाउन थालेका हुन् ।
डल्ला परेका मल पनि बजारमा उपलब्ध नभएपछि किसानहरूले भारतीय बजारबाट मल ल्याउने गरेका छन् । समयमा मल नपाएपछि आफूहरू बाध्य भएर भारतीय बजारमा जानुपरेको किसानहरूले बताएका छन् । बजारमा मलको अभाव हुनु र पाइने मल पनि गुणस्तरहीन भएपछि किसान चिन्तित बनेका छन् ।
कालीगण्डकीमा एक्कासि बाढी,‘केरूङसम्म रेल पुगेपछि नेपाल टाढा हुने छैन’शीर्षकमा अन्नपूर्णले नेपाल–चीन सम्बन्ध, तिब्बतीय सहकार्य नेपालको पछिल्लो राजनीतिक अवस्था, रेलमार्ग र नाकालगायतका विषयमा जनकंग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष र बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयासँगको अन्तर्वार्ता छापेको छ ।
गोरखापत्र
‘शोकमा मस्र्याङ्दी गाउँपालिका’शीर्षमा लमजुङबाट बेलिना थापाले समाचार लेखेकी छन् ।
बुधबारको भारी वर्षाको कारण आएको बाढीपहिरोमा ठुलो धनजनको क्षेती भएपछि मस्र्याङ्दी गाउँपालिका शोकमा डुबेको छ । अहिलुसम्म चार जनको मृत्यु भएको छ एक जना बेपत्ता भएका छन् ।
साथै,कालीगण्डकी करिडोर विकासको मेरदण्ड रअवैध खयर काठ बरामद शीर्षकमा पनि समाचार छापिएको छ ।
आर्थिक अभियान
आजको आर्थिक अभियानले ‘चक्रपथमा मोनोरेल चलाउन सम्भव’ शीर्षकको समाचारलाई प्रथम पृष्ठमा छापेको छ । फोहोर व्यवस्थापन गुरूयोजनाको सम्झौता र पहिरोबाट २५ करोडको क्षती शीर्षकमा पनि समाचार छापेको छ ।
कान्तिपुर
‘रूखले जोगायो ज्यान’शीर्षकमा मोहन बुढाऐरले समाचार लेखेका छन् ।
धनगढी — कहिले सडकको दायाँबायाँ गाडी कुदाउने । कहिले सम्मै बाटामा पनि अचानक ब्रेक लगाउने । बुधबार साँझ दार्चुलाबाट महेन्द्रनगरतर्फ लागेको गाडीचालकको व्यवहार हेरेर यात्रुले पटक–पटक सचेत गराएका थिए तैपनि ना५अ ९११४ नम्बरको बसका चालक पदम पन्तले सुने नसुनेझैं गरी गाडी दौडाए ।
चालकसहित २४ यात्रु बोकेको बस बिहान ३ बजे दुर्घटनामा र्पयो । संयोग, सडकबाट ३० मिटर तल रहेको सल्लाको एक रूखमा गाडी अड्किँदा सबैको ज्यान जोगियो ।
‘वर्षामा चल्दैन दोरम्बामा गाडी’शीर्षकमा समाचार छापिएको छ । रामेछाप — दोरम्बाबाट फर्किएको बस बुधबार चिप्लिएर धन्न सडकबाट खसेन । हिलाम्मे सडकमा दोरम्बाबाट अग्लेश्वरतिर उक्लिएको यात्रुबाहक बस बल्लतल्ल जोगिएपछि यात्रुले ठेलेर सडकको बीचमा र्पुयाए । त्यसपछि बस गुडेन । यात्रुहरू झोला बोकेर रूझदै गन्तव्यतिर लागे ।
चक्रपथमा ३ वर्षभित्र मोनोरेल,निद्रा पुग्छ,गन्तव्यमा पुगिन्न,पानी पर्नासाथ घर छाड्छन्,बन्दरगाहको नाका खुल्यो,बाटो छैन,बाढीले बगाएर ४ को मृत्यु ,खानीगाउँका ४० घर विस्थापित,मनाङसँग सडक सम्पर्क टुट्यो र लुम्बिनी र मुक्तिनाथ जोडिँदै शीर्षकमा समाचार छापिएको छ ।





