निजगढ विमानस्थलबारे वरिष्ठ अधिवक्ताकाे राय

काठमाडौं– प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा थुप्रै रुख काटिने र यसबाट वातावरणमा असर पर्ने भएकाले विकल्प सोच्न एक जना वातावरणीय कानूनका जानकारले सरकारलाई ध्यानाकर्षण गराएका छन्।
रेडियो सगरमाथाको बिहानी प्रस्तूति रेडियो खबरपत्रिकामा कुराकानी गर्दै वातारणीय कानूनका जानकार वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन इआइए प्रतिवेदन वन मन्त्रालयले स्वीकृत गरेपनि यसबारे एक पटक ध्यान दिन सरकारलाई सुझाव दिए। ‘यो स्थानमा रुख काटेर आर्थिक प्रलोभनमा मात्र सरकार परेको छ, उनले भने, ‘यही स्थानमा बनाउनुपर्ने किन ?

हामीसँग भैरहवा र पोखरा विमानस्थल पनि छन्, यसलाई स्तरोन्नति गर्दै सडक पनि व्यवस्थित बनाउदा राम्रो हुने उनले सुझाव दिए।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा करीब २६ लाख रुख कटान हुने भएपछि त्यसले निम्तने वातावरणीय असर र वन्यजन्तुको वासस्थान नासिनेतर्फ उनले औँल्याए। साढे २४ लाख रुख काट्दा १ रूख बराबर २५ बिरुवा रोप्ने भनेको तर्फ ब्यङ्ग्य गर्दै कति स्थानमा रुख रोप्ने, स्थान छ त हामीसँग ? उनले प्रश्न गरे ।

बाराको कोहल्बी नगरपालिका–८ र जितपुर सिमरा उपमहानगरपालिका–१ मा पर्ने ८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रमा विमानस्थल निर्माणका लागि १० जेठमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको छ।

ताजा समाचार

सम्बन्धित समाचार