चितवन । विवेकशील साझा पार्टी चितवनले भरतपुर–१० मा अवस्थित गेस्ट हाउस चौरलाई सम्मेलन केन्द्र बनाउने योजनाप्रति आफु सहमति नरहेको बताएकोे छ ।
पार्टीले भदौ २९ गते विज्ञप्ती जारी गर्दै गेस्ट हाउस चौरमा पाँच हजार क्षमताको पुर्वाधार बनाउने योजनाप्रति ध्यानआकर्षण भएको जनाएको छ ।
‘घना बस्तिको माझ रहेको खुल्ला स्थल गेस्ट हाउस चौर मासेर सम्मेलन केन्द्र बनाउने कुरामा हामी असहमत रहेको जानकारी गराउन चाहन्छौ,’जारी विज्ञप्तीमा भनिएको छ ।
पार्टीले खुल्ला र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकहरूको अधिकार सुनिश्चत गर्नका लागि गेस्टहाउस चौर खुल्ला नै हुनुपर्ने बताएको छ ।
‘कम सहभागितामा राजनैतीक दाउ पेचका आधारमा भएका राजनैतीक सहमती जनताका लागी घातक हुन्छन्,’विज्ञप्तीमा भनिएको छ ‘त्यसैले यस्ता दुरगामी प्रभाव राख्ने निर्णय गर्दा सबै राजनैतीक दलहरूको सहभागिता हुनु जरूरी छ ।
सो खुल्ला स्थल पाँच हजार मानिसका लागि प्रयाप्त सम्मेलन भवन निर्माणका लागि उपयुक्त स्थान नभएकोले उपयुक्त स्थान निर्माण गर्न र भएका गलत निर्णयहरू सच्याउनका चितवन शाखाले अनुरोध समेत गरेको छ ।





