Friday, November 1, 2024

मुक्तिनाथ दर्शन अब केबलकारबाटै

काठमाडौँ –मुक्तिनाथ जानका लागि अब पैदल या सडकमार्ग प्रयाेग गर्न नपर्ने भएकाे छ । मुक्तिनाथ अब केबलकारमा जान पाइने भएकाे छ । नेपाल सरकार लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच बीच बुधबार कास्कीको विरेठाँटीबाट मुक्तिनाथ मन्दिरसम्म केवलकार निर्माण हुने सम्झौता भएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेको उक्त पत्रमा ८३.६५ किलोमिटर लामो केवलकार निर्माण हुने जनाइएको छ ।

उक्त केवलकारको ६ वटा स्टेशनहरू रहनेछ । ति स्टेशनहरूलाई विरेठाँटीदेखि घोरेपानी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि तेले मार्फा देखि जोमसोम, जोमसोम देखि कागबेनी र कागबेनीदेखि मुक्तिनाथ खण्डमा विभाजन गरिएको छ । उक्त आयोजनाको लागत ३५ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार