काठमाडौँ – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले रोयटर्स समाचार संस्थाका दुई पत्रकार जेल हाल्ने म्यानमार सरकारको बचाउ गरेकी छिन् ।
म्यानमार सरकारको सो निर्णयको अन्तराष्ट्रिय जगतमा नै तीव्र आलोचना भइरहेको समयमा सुकीले भने सरकारको नै बचाउ गरेकी छिन् ।
जसले गर्दा प्रजातन्त्रवादी नेतृको रुपमा परिचित सुकीको झन आलोचना हुने भएको छ ।
‘उनीहरूले कानुनको उल्लंघन गरेका कारण जेल हालिएको हो, यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको छैन,’ उनले भनिन्, ‘उनीहरूलाई महत्त्वपूर्ण सरकारी कागजात बोकेको अभियोग लगाइएको छ, पत्रकार भएका कारण होइन, सरकारी गोपनियता सम्बन्धी कानुन उल्लघंन गरेका कारण जेल हालिएको हो ।’