काठमाडौं– कृषि तथा पशुपन्क्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य पदार्थमा मिसावट गर्नेलाई कडा कारवाही गर्न निर्देशन दिएकी छन् ।
भदौ २७ गते मन्त्रालय रूपान्तरणको मार्गचित्र ०७५ अनुगमन तथा सहजीकरण समितिको बैठकमा चौधरीले मन्त्रालयको कामकारवाही चुस्त दुरुस्त र परिणाममुखी बनाउन १० बुँदे निर्देशन दिएकी छन् ।
‘खाद्य शुध्दता सम्बन्धि खाद्य पदार्थमा अखाद्य पदार्थ मिसावट रोक्न नियमित रुपमा अनुगमनलाई तिब्रता बनाउने,’ उनले भनिन् ‘मिसावट पाए कडा कारवाही गर्ने गराउने ।’
साथै, कृषि,पशुपक्षि तथा किसानका समस्या तत्काल हल गराउन समेत राज्यमन्त्री चौधरीले मातहतका निकायलाई निर्देशन दिएकी छन् ।
‘कृषकहरुसँग विनम्र भएर प्रस्तुत हुने र आफू मातहतका कर्मचारीहरुलाइ निर्देशन दिने । किसानका गुनासाहरू धैर्यतापुर्वक सुन्ने ,तुरून्त हल गर्ने प्रयत्न गर्ने ,गराउने । नसकेको आफुभन्दा माथिल्लो तहमा रिपोर्ट गर्ने,उनले भनिन् ‘कृषि,पशुपन्क्षि किसानका समस्या हल गर्ने गराउने ।’
त्यस्तै उनले किसानहरूले पाउने रासायनिक मल ,बीउ नियमित रुपमा आपूर्ति भएको नभएको ,गुणस्तरीय सामाग्री भएको नभएको ,परिणाम बमोजिम भएको नभएको कडाइ साथ अनुगमन गर्न समेत निर्देशन दिएकी छिन्।
बैठकमा मन्त्री चक्रपाणि खनाल ‘बलदेव’, सचीव ,सह–सचिवहरु,बिभागिय प्रमुखहरू,परियोजनाका प्रमुखहरू ,संस्थान र कम्पनी लिमिटेडका प्रमुखहरूको उपस्थित रहेको थियो ।





