छापामा आज :छेपारा मानिसका साथी,क्रसर उद्योगले जोखिममा गाउँ

आज प्रकाशित सबै पत्रपत्रिकामा मुक्तिनाथमा केबलकार शीर्षकमा समाचार छापिएको छ । साथै,विकास,जंगल र वर्खा समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

नागरिक
आजको नागरिक दैनिकले ‘मुक्तिनाथमा ८३ किमीको केवलकार बन्ने,लागत ३५ करोड डलर’शीर्षकमा समाचार छापेको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म ८३ किलोमिटर भन्दा लामो केबलकार बनाउन मुक्तिनाथ दर्शन प्रालि र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका अध्यक्ष अरूणकुमार सुवेदीले बुधबार हस्ताक्षर गरेको बोर्डले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

कान्तिपुर
‘चाहिनेभन्दा ४ गुणा रूख काटिने’शीर्षकमा पृष्ठ २ मा अब्दुल्लाह मियाँले समाचार लेखेका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा १९ सय हेक्टरभित्र आधारभूत संरचना बन्ने भए पनि ८ हजार ४५.७९ हेक्टरका रूख काट्न लागिएकामा वन र वातावरणविद्ले आपत्ति जनाएका छन ।

५ लाख ८५ हजार ४ सय ९९ ठूला र १८ लाख ६४ हजार ८ सय २० वटा पोल आकारका गरी कुल २४ लाख ५० हजार ३ सय १९ वटा रूख काटेर विमानस्थल बनाउने योजनाअनुसार वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन गत जेठमा तत्कालीन वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ ।

‘बर्खामा चल्दैनन् गाडी’शीर्षकमा राजेन्द्र मानन्धरले समाचार लेखेका छन् । बर्सेनि ठूलो बजेट लगानी हुँदै आएको दोलखाका अधिकांश सडक वर्षा सुरू भएसँगै बेकामे भएका छन । दोलखामा करिब तीन सय वटा सडक छन ।

उक्त सडकमा मोटर चलाउन करिब १५ सय किलोमिटर लम्बाइको सडक विस्तार भएका छन् । वर्षायाम सुरूवातसँगै उक्त सडकको अधिकांश भागमा मोटर चलेका छैनन् । मोटर गुड्न नसकेपछि अधिकांश ग्रामीण भेगका बासिन्दालाई सास्ती भइरहेको छ ।

‘सडक विस्तार रूख र पोलले रोक्यो’शीर्षकमा रमेशकुमार पौडेलले समाचार लेखेका छन् । भरतपुरको बाइपास रोड विस्तारको काम गत चैतमै सकिनुपर्ने हो । थपिएको ६ महिनाको म्याद पनि आउँदो असोजमा सकिँदै छ । तर काम भने ४० प्रतिशत पनि पूरा भएको छैन ।

‘छेपारा मानिसका साथी’शीर्षकमा रामचन्द्र अधिकारीको विचार छापिएको छ ।

कुनै काम गर्छु भन्दै थाती राख्दै गइयो भने भनिन्छ– ‘छेपाराको कथा’ । कुनै राजनीतिक, धार्मिक वा अन्य प्रकारको आस्थामा परिवर्तन गरिरहनेलाई छेपारे प्रवृत्ति या ‘छेपाराले रंग बदलेझैँ’ भन्ने गरिन्छ ।

नेपालमा छेपाराका जम्मा ३९ प्रजाति पाइएको कालुराम राई, हर्पेटोलोजिष्ट ख्यास्ले र स्लेइखको अनुसन्धानले प्रमाणित गरेको छ । ती सबै प्रजातिको सचित्र वर्णन उनीहरूद्वारा लेखिएको नेपालका उभयचर तथा सरिसृपका लागि स्थलगत निर्दे्शिका भन्ने पुस्तकमा गरिएको छ । छेपाराको मानवसँगको सम्बन्ध दुबैको क्रमविकासका साथमा घनिष्ठ बन्दै आएको छ । कतिपय देशमा यसलाई मानिसले घरमा पाल्ने गरेका छन । ‘इनार सुख गेल’शीर्षकमा चन्द्रकिशोरको विचार छापिएको छ ।

पानीको पहुँचमा वर्ग र वर्णको श्रेष्ठताले सीमा कोरेको देखिन्छ । खासगरी विपन्न वा दलितको पानीमा कमजोर पहुँच छ । दलित बस्तीमा सफा र सहज रूपमा पानीको प्रबन्ध हुनसकेको छैन ।

मधेस जंगल र जल संरचनामा सम्पन्न भूमि थियो । तर विकासलाई यसरी भित्र्याइयो कि यसले प्रकृतिको दोहनमात्र होइन, शोषणै र्गयो । तराईमा पानीको संकटको मुख्य कारण तराईको शिर चुरेको दुर्गति हो । विकास सूचक निराशाजनक शीर्षकमा पनि समाचार छापिएको छ ।

अन्नपूर्ण पोस्ट
‘पोखरी बनेपछि बाह्ै मास खेती’शीर्षकमा माया अधिकारीले लेखेको समाचार छापिएको छ ।
सिँचाइ अभावमा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने समास्या हटेको छ सिँचाइ नहुँदा जिल्लाको मुख्य खाद्यान्न उत्पादन हुने कुश्मा नगरपालिका वडा नं.१ पाङका कृषकले खेतबारी बाँझै राख्दै आएका थिए ।

‘क्रसर उद्योगले जोखिममा गाउँ’शीर्षकमा राजकरण महतोले समाचार लेखेका छन् । क्रसर व्यवसायीहरूले अवैध रूपमा खोलाबाट बालुवा गिट्टि झिकेपछि महोत्तरीको गौशाला नगरपालिकाको थापा टोल जोखिममा परेको छ ।

पहिरोमा दुईको मृत्यु,चार बेपता,मुक्तिनाथमा केबलकार बन्ने र घुगंगा जलविद्युत सुरू ’शीर्षकमा पनि समाचार छापिएकाे छ ।

नयाँ पत्रिका
पाँच वर्षमा मुक्तिनाथसम्म केबलकार र होमस्टेले छिमेकीलाइ फाइदा शीर्षकमा समाचार छापिएको छ ।

राजधानी
सर्वसाधारणलाई सास्ती’शीर्षकमा समाचार छापिएको छ । लगातारको वर्षाले संखुवासभाको सदरमुकाम आवस्थित मुख्य

बजार खाँदवारीको टुँडिखेल हिलाम्मे हुँदा सर्वसाधरणले सास्ती भोग्नुपरेको छ ।
पहिरोमा परी दुई जनाको मृत्यु,बेनी–जोमसोम सडक पुनःअवरूद्ध,खडेरी पीडितलाई सहयोग र सहरी खानेपानी योजना बन्ने ।

ताजा समाचार

सम्बन्धित समाचार