Friday, November 1, 2024

मेलम्चीमा जोखिम घरको निरीक्षण शुरु

मेलम्ची–मेलम्ची नगरपालिकाले जोखिमयुक्त घरको निरीक्षण शुरु गरेको छ। मेलम्ची नगरपालिका–१, २ र ३ का ३२ घर निरीक्षण गरिएको छ ।

मेलम्ची नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिलगायतको टोलीले सो निरीक्षण थालेको हो । लगातारको वर्षाका कारण घर जोखिममा परेको मेलम्ची नगरपालिकाका सूचना अधिकारी जीतबहादुर कार्कीले बताए। बुधबार वडा नं ५ सिन्धुकोटमा निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा सात घर जोखिममा रहेको पाइएको मेलम्ची–५ का वडाध्यक्ष सुदर्शन लुइँटेलले जानकारी दिए।

मेलम्ची नगरपालिकाका सबै वडामा जोखिमयुक्त घरको निरीक्षण गरी आवश्यकता अनुसारको तारजाली प्रदान गरिने वातावरण तथा विपद् व्यवस्थापन उपसमितिका संयोजक वसन्त गुरुङले जानकारी दिए। निरीक्षणका क्रममा प्राविधिकको सल्लाहबिना नै घर बनाएको पाइएको तथा वडाका प्राविधिकको लापरवाही र जनचेतनाका कमीका कारण जोखिम बढेको हो। रासस

ताजा समाचार

सम्बन्धित समाचार