भारतमा भूकम्प जाँदा पूर्वी नेपालमा धक्का महसुस

काठमाडौं– भारतको असामस्थित कोक्राजरमा भूकम्प जाँदा त्यसको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूले त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रलाई उदृत गर्दै उल्लेख गरेको समाचार अनुसार बुधबार बिहान असाम केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो।

सिलिगुडी, गुहाटी, बिहार लगायतका स्थानमा ठूलै धक्का गएको थियो। पश्चिम बंगालका साथै अरुणाञ्जल प्रदेशमा पनि यसको असर परेको थियो। र, उक्त भूकम्पको धक्को पूर्वी नेपालको सिराहा, सप्तरी क्षेत्रमा महसुस गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार