काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जटिल बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन निश्चित कार्ययोजना बनाइने बताएका छन् ।
आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको निरीक्षण एवं अनुगमन गर्ने क्रममा प्रहरी महानिरीक्षक खनालले निश्चित कार्ययोजना बनाएर ट्राफिक व्यवस्थापन अझै चुस्त बनाइने बताए ।
उनले ट्राफिक प्रहरीको पूर्वाधार र प्रविधि विकास तथा ट्राफिक व्यवस्थापन सुधारका लागि सम्बन्धीत निकायसँग समन्वय गर्ने समेत बताए ।
साथै ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे खनाललाई जानकारी गराएका थिए ।





