काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले सोमबार बुलेटिन जारी गरीे आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ।
सोमबार
दिउसोः देशभर सामान्य बदली रहि थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै,देशका पूर्वि र मध्य भेगका एक दुई स्थानमा भारि वर्षाको सम्भावना छ।
रातिः देशका धेरै जसो स्थानमा सामान्यतया बदली रहि केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, साथै मध्य र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मंगलबार
दिउसोः देशभर सामान्य बदली रहि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशभरि सामान्य देखि पुर्ण बदली रहि देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ, साथै,देशका थोरै स्थानहरुमा भारि बर्षाको पनि सम्भावना रहेको छ।
बुधबार
दिउसोः देशभरि सामान्य देखि पुर्ण बदली रहि धेरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ,साथै, देशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।
रातिः देशभरि सामान्य देखि पुर्ण बदली रहि केहि स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, केहि स्थानहरुमा एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।





