छापामा आज :‘कहिले बन्लान् कंलकी–नागढुंगा र बौद्ध–साँखु सडक?’, पटक–पटक किन डुब्छ डुंगा ?

आज प्रकाशित दैनिक पत्रपत्रिकामा विकास,स्वच्छ वातावरण र दुर्घटना लगायतका शीर्षकमा समाचार छापेका छन् । साथै मल अभाव र पुनर्निर्माणका समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोस्ट
आजको अन्नपूर्ण पोस्टको पृष्ठ ४ मा ‘हामीले काम नगरेर धुलो र फोहोर भएको होइन ’शीर्षकमा समाचार छापिएको छ ।
काठमाडौं उपत्यकाको वातावरण स्वच्छ राख्न जनप्रतिनिधिहरुले काम नगरेको गुनासो आइरहेका बेला उनीहरुले काम गरिरहे पनि स्रोतसाधनको अभावमा परिणाम नदेखिएको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यकामा स्वच्छ वातावरण कायम राख्न सरोकारवालाको भूमिका छलफलमा उपत्यकाका जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् । उपत्यकाको पिउने पानी,वायु,ढल र फोहोर व्यवस्थापन सम्बन्धमा व्यापाक जनगुनासा आएपछि आयोगले सरकारी निकाय,स्थानीय तहलगायत सरोकारवाला डाकेर छलफल गरेको हो ।

‘मल अभाव कायमै’ शीर्षकमा समाचार छापिएको छ । भतपुर १२ गोन्द्राङका नवराज सिंखडालाई युरिया मल लिन चारपटक लाइन बस्नु पर्यो । आइतबार पनि मुस्किलले १० किलो मल पाए । उनीहरुले १५ केजी मलको अभावको आवश्यकता हो ।

‘सुरुङ मार्ग निर्माण झनै अन्योल’शीर्षकमा अन्पूर्ण पोस्टको पृष्ठ ५ मा समाचार छापिएको छ । एक दशकदेखि चर्चामा रहेका हेटौंडा–काठमाडांैं सुरुङ मार्ग कसले निर्माण गर्ने भन्ने अन्योल देखिएको छ ।

विकास मोडेल खोइ ? शीर्षक हरिप्रसाद शर्माले विचार लेखेका छन् । नेपाल संविधान २०७२ मा ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । मुलतः संघ,प्रदेश स्थानीय तहले सर्वप्रथम यिनै मौलिक हक कार्यान्वयनका लागि विकास कार्यलाई केन्द्रित गर्नुपर्छ ।

‘रबर उद्योग चलाउन साढे दुई अर्ब आवश्यक’शीर्षकमा पवन तिमिल्सिनाले समाचार लेखेका छन् ।
बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न सरकारले चर्को मूल्य चुकाउनुपर्ने देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अध्ययन टोलीले तयार पारेको प्रतिवेदनले सरकारले लगानी गरेको पैंसाबापत घाटा व्यहोर्न तयार भएमात्र उद्योग सञ्चालन गर्न सम्भव हुने निष्कर्ष निकालेको छ।

उद्योग पुनः सञ्चालन गरेर विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न साढे दुई अर्ब रुपैयाँभन्दा बढी रकम लगानी गर्न आवश्यक पर्ने जानकारहरू बताउँछन्। झन्डै दुई अर्ब ५६ करोड रुपैयाँ बराबरकै दायित्व बोकेको यस उद्योगलाई पुनः सञ्चालनमा ल्याउन चुनौतीपूर्ण देखिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग तर्फका प्रवक्ता दिनेश भट्टराईले बताए।

खडेरी पीडितलाई सहयोग,किसानलाई कृषि औजा वितरण,पर्यटकको रोजाइमा रक क्लाइम्बिङ विस्तार,सडकको आयु लम्ब्याउन ढलान र पानी अभावमा शौचालय प्रयोगविहिन शीर्षकमा पनि समाचार छाएिका छन् ।

कान्तिपुर
‘हिमाल छेकेर घर’शीर्षकमा दीपक परियारले लेखेका समाचार छापेका छन् ।

लेकसाइडका होटलको झ्यालबाट आजकल हिमाल देखिँदैन । चारैतिर अग्ला–अग्ला कंक्रिट भवन ठडिएएकाले हिमाल हेर्न छतमै पुग्नुपर्छ ।महानगरले लेकसाइडमा २४ फिट (दुईतले) र अन्यत्र ३५ फिट अग्ला घर बनाउन दिने मापदण्ड बनाएको छ तर त्यसको उल्लंघन गर्दै ९ तलासम्मका घर बनिरहेका छन् ।
१८ तलासम्मका अपार्टमेन्ट निर्माणको तयारी सुरु भएको छ। अग्ला घरले पर्यटकीय नगरी पोखराको सौन्दर्य छेक्न थालेको छ।

बीएन्डबी हाउजिङ प्रालिले फेवा किनारको सेंदीमा १८ तले लेकभ्यु रिसोर्ट अपार्टमेन्ट बनाउन जमिन सम्याउने काम धमाधम गरिरहेको छ। तर, महानगरसँग कुनै स्वीकृति लिएको छैन। अपार्टमेन्ट बनाउने योजना बीएन्डबीको एक्लो होइन। पोखराकै नदीपुरमा ११ तले अपार्टमेन्ट बनाउने स्वीकृति माग्दै महानगर कार्यालयमा निवेदन परेको छ।
‘रानीपोखरी विवाद सुल्झिएन’शीर्षकमा पृष्ठ ५ मा समारचार छापिएको छ । रानीपोखरीको बालगोपालेश्वर मन्दिर विज्ञको सुझावविपरित पुरात्व विभागले पुनर्निर्माण सुरु गरेपछि उत्पन्न विवाद जटिल बन्दै गएको छ ।

‘अँध्यारामै अस्पताल’शीर्षकमा हरि गौतमले लेखेको समाचार छापिएको छ । सानीभेरी गाउँपालिकाकी कमला क्षेत्री जिल्ला अस्पतालको बेड नं ६ मा १० दिन बसिन् । छोराको उपचारका लागि बसेकी उनले हरेक दिन एकदेखि डेढ घण्टा अँध्यारामा बस्नुपथ्र्यो । बाँफिकोट गाउँपालिकाकी डिलमाया ओलीले १ नम्बर बेडमा ३ रात काटिन ।
‘पटक–पटक किन डुब्छ डुंगा ?’शीर्षकमा दीपक परियारले समाचार लेखेको छन् ।

काठमाडौंबाट ०७३ साउन २३ मा पोखरा घुम्न आएका ७ जना सवार डुंगा फेवातालमा पल्टिँदा प्रतीक श्रेष्ठ र एलिन केसीको मृत्यु भएको थियो । बिनालाइफ ज्याकेट डुंगा चढेका उनीहरूलाई हावाहुरीले हुत्यायो ।

४० वर्षअघि फेवातालमा एकैपटक १९ जनाको मृत्यु भएको थियो । घाँसदाउरा गर्न हिँडेका स्थानीय सवार डुंगा ०१८ सालमा पल्टिएर १९ को ज्यान गएको थियो । ०४३ सालमा वनभोज खाएर फर्कंदै गरेका १८ जनाको मृत्युको कारण डुंगा दुर्घटना नै भयो ।

०६१ मा डुंगा पल्टिएरै ६ जना सुरक्षाकर्मीले ज्यान गुमाए । ०७३ मा पनि पटकपटक गरेर ५ जनाको मृत्यु फेवातालमा डुंगा पल्टिएर भयो । शनिबार फेरि बेगनासतालमा डुंगा पल्टिएर ८ जनाले ज्यान गुमाए । पहिलेपहिले लाइफ ज्याकेट र मोटरबोटजस्ता सुरक्षा र उद्धारका साधन नहुँदा मानवीय क्षति धेरै हुने गरेका थिए तर अहिले ती सबै सुविधा भएर पनि दुर्घटना भइरहेपछि प्रश्न उब्जिन थालेको छ( पटकपटक किन डुब्छ डुंगा ?

नागरिक

‘बर्सेनि हेलिकोप्टर दुर्घटना’शीर्षकमा नरहरि सापकोटाले लेखेको समाचार प्रथम पृष्ठ छापिएको छ ।

‘बिरामी होस् वा घाइते, मान्छे जन्मिँदा गाह्रो होस् या मरेपछि आफ्नै गाउँमा लगेर रीतिथितिअनुसार संस्कार गर्नुपरोस्, यी सबै कामका लागि हेलिकोप्टरको भर पर्नुपर्छ।

बर्से्नि हेलिकोप्टर दुर्घटना हुँदा पनि हामीसँग यसको विकल्प छैन।’ यो भनाइ हो तिब्बतसँग सिमाना जोडिएको गोरखाको चुमनुब्री गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङको। आफन्त बिरामी हुँदा, कसैको मृत्यु हुँदा वा छोटो समयमा घरगाउँ पुगेर फर्कन, खाद्यान्न र औषधि ढुवानी, यी सबैका लागि हेलिकोप्टर निर्विकल्प साधन बनेको उनले बताए। सामागाउँ, छेकम्पारलगायतका ठाउँबाट गाउँपालिका कार्यालय आउन तीन दिन लाग्छ भने तिब्बत पुग्न अढाइदेखि दुई दिन। सेवा लिन सहज नहुँदा यी गाउँका बासिन्दा हेलिकोप्टर चार्टर गर्न बाध्य छन्।

‘कहिले बन्लान् कंलकी–नागढुंगा र बौद्ध–साँखु सडक?’ खिलक बुढाथोकीले लेखेको समाचार छापिएको छ ।
कंलकी–नागढुंगा र बौद्ध–साँखु सडक राष्ट्रियस्तरमै चर्चा भइरहन्छ बेलाबेला । सर्वसाधरणको दबाब थेग्न नसकेपछि कहिलेकाहीँ मर्मत कार्य गरिन्छ, खाल्डा पुरेर।

भदौ पहिलो साता यी सडकमा धमाधम विस्तारको काम गरियो। रातदिन नभनी सडक बनाएको देख्दा सर्वसाधारण चकित परे। ती सडक मात्रै होइन, उपत्यकाका अन्य सडकका स–साना खाल्डा समेत खोजीखोजी पुर्न थालियो।

पाहुना आउँदा र सम्मेलन हुँदा सरकारले सडक चाक्ला बनाउँछ। पाहुना हिँड्ने सडक मात्रै चाक्ला बनाउँदा सर्वसाधारणको सरकारप्रति आलोचना खेप्न नसिकएला भनेर कंलकी–नागढुंगा र बौद्ध–साँखु सडकमा काम थालियो।
माटो परीक्षणको रिपोर्ट पर्खदै छानविन टोली, तरकारी १३५ प्रतिशतसम्म महँगियो,थालियो पुनर्निर्माण प्रक्रिया,झिलिमिली पारिँदै ललितपुरका सडक, ‘खाल्डाखुल्डीले हिँड्नै मुस्किल भयो’ र रासायनिक मलको व्यवस्था मिलाउ ’शीर्षकमा पनि समाचार छापिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार