काठमाडौं–दुर्लभ वन्यजन्तु कस्तुरीको बिनासहित शनिबार प्रहरीले दुईलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२० भिमसेन स्थानका २४ वर्षीय किसान ठकुरी र ललितपुर धापाखेल बस्ने सिन्धुपाल्चोक टेच्कु गाउँपालिका-५ का २८ वर्षीय श्याम गुरुङ रहेका छन् । उनीहरूलाई ५ थान कस्तुरीको बिना सहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
काठमाडौं महानगरपालिका-२७ ज्याठामा कस्तुरीको बिना कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा उक्त बस्तु सहित किसान र श्यामलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेकाे प्रहरीले बताएकाे छ ।





