दैलेख– बाघको छालासहित प्रहरीले एकलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा अछाम तुर्माखाद गाउँपालिका-८ धमाले बस्ने १८ बर्षीय नबिन धमाला रहेका छन् । उनलाई दैलेख आसबिसकोट नगरपालिका-३ साई खोलाबाट १ थान बाघको छाला सहित शनिबार प्रहरीले पक्राउ गरेको हाे ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।





