भरतपुरमा सरसफाइ अभियान

चितवन–भरतपुर महानगरपालिकाले विश्व सरसफाइ दिवसका अवसरमा आजबाट सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ। ‘नेपाल स्वच्छ वातावरण महाभियान २०७५’ भन्ने नाराका साथ महानगरपालिकाले आज आफ्नै भवन सफाइ गरेको हो।

सोमबार शैक्षिक संस्था, मंगलबार सार्वजनिक संस्था तथा पार्क बुधबार धार्मिकस्थल, बिहीबार नदीनाला तथा जलाशय, शुक्रबार सहायक सडक र शनिबार मुख्य सडक क्षेत्र सरसफाइ गरी सो दिवस मनाउन लागिएको छ।

महानगरपालिका मेयर रेणु दाहालले सो अभियान अन्तर्गत साताव्यापी कार्यक्रम गर्न लागिएको र यस्मा सहभागी हुन महानगरमा रहेका विभिन्न संघ, संस्था, टोल विकास संस्था, क्लब, सरसफाइ क्षेत्रमा क्रियाशील संघ संस्था, आमा समूह र आमनागरिकलाई आग्रह गरिएकोे बताइन्।

हाल महानगरमा दैनिक ६५ टन फोहाेर संकलन हुने गरेको छ। फोहाेरलाई कुहिने र नकुहिने फोहरको रुपमा व्यवस्थापन गरी वैकल्पिक ऊर्जाको रुपमा प्रयोग गर्न कोरियाली सरकार र नेपाल सरकारका ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरेर कामअघि बढाउन लागिएको उनले जानकारी दिइन्।

उक्त महानगरपालिका– २ र ३ को बीचमा नारायणी नदीको बाँधका रुपमा फोहाेर व्यवस्थापन गरिँदै आइएको छ भने जलदेवी सामुदायिक वनमा ल्याण्डफिल साइट निर्माणका लागि काम पनि भइरहेको जनाइएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार