बेगनास तालमा डुंगा दुर्घटना : ६ जनाकै शव भेटियाे (अपडेट)

काठमाडौं–पोखराको बेगनास तालमा शनिबार डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाकाे शव भेटिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्की अनुसार बेगनास तालमा डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका थिए । तालमा बेपतामध्ये दुई जनाको शनिबार र चार जनाको शव अाइतबार झिकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसी रवीन्द्रमान गुरुङले जानकारी दिए।

डुंगा पल्टिँदा नवलपुर गंैडाकोटका रवि खनाल, उनका ८ र ७ बर्षका छोरा शंकर र शिव, तनहुँका ४ बर्षीय बालक रन्जित गैरे, पोखराका ५ बर्षिय बालक प्राचीन पौडेल र १८ बर्षीया मनिसा बजगाई बेपत्ता भएका थिए । अाइतबार  बेलुका ५ बजे अद्यावधि गरिएकाे हाे ।

ताजा समाचार

सम्बन्धित समाचार