कान्तिपुर
लुम्बिनीमा विद्युतीय बस शीर्षकमा कान्तिपुरमा समाचार प्रकाशित छ । भैरहवाबाट माधव ढुंगानाले लेखेको समाचारमा विश्वसम्पदामा सूचीमा रहेको लुम्बिनीमा धुलो , धुँवा , ध्वनी लगायत प्रदुषणबाट बचाउन विद्युतीय बस संचालनमा ल्याउने तयारी भएको छ । विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रको बढदो प्रदूषण घटाउन यस्ता सवारी साधन प्रयोग हुने भएका हुन् । एक महिनाअघि चिनियाँ कम्पनीले दुईवटा विद्युतीय बस भैरहवा भन्सार कार्यालयमा ल्याइर्पुयाएको छ । बाँकी आउने क्रममा छन् ।
एसियाली विकास बैंक (एडीबी) को करिब ३० करोड रुपैयाँ अनुदानमा सोलार प्रविधिबाट चार्ज हुने पाँचवटा ठूला बस, ११ जिपरभ्यान सञ्चालन गरिने भएको हो । गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण पूरा हुनासाथ पर्यटकका लागि प्रदूषणरहित विद्युतीय बस र भ्यान सञ्चालनको व्यवस्था गरिएको छ । तिनमा एयरकन्डिसन, वाइफाईलगायत सुविधा छन् ।
‘चुरे क्षेत्रमा सडकैसडक’ शीर्षकमा अब्दुल्लाह मियाँले लेखेको समाचारमा चुरे हुँदै राजमार्ग बनाउँदा भित्री मधेस र तराईका उर्वर भूमि नामेट हुने उल्लेख गरिएको छ ।
यस्तै ‘चिरा परेकै घरमा बास’ शीर्षकको समाचार पनि छापिएको छ । भूकम्पपीडितले ४० महिना बितिसक्दा पनि भत्केका आफ्ना घर मर्मत गर्न पाएका छैनन् । भूकम्पबाट सामान्य क्षति भएका घरलाई प्रबलीकरण (मर्मत) गरी बस्न योग्य बनाउने गरी राष्ट्र्रिय पुनर्निर्माण प्राधिकरणबाट निर्णय भएका घर पनि मर्मत हुन नसकेका हुन् ।
ढुंगामाटोले बनेको घर कसरी मर्मतसम्भार गर्ने भन्ने विधि अझै जिल्लामा पुगेको छैन । जिल्लामा पुनर्निर्माणका लागि कार्यरत कतिपय प्राविधिकहरूलाई प्रबलीकरणको तालिम दिइएको छैन । प्राविधिकहरूमा तालिम र निरीक्षण फाराम उपलब्ध भइनसकेकाले प्रबलीकरण गराउने कार्य अझै अन्योलमा छ ।
भूकम्पबाट सामान्य क्षति भएको घर मर्मत सम्भार गरेर बस्नका लागि १ लाख रुपैयाँ दिने नीति छ । पैसा दिने भने पनि मर्मतको विधि र प्राविधिकलाई दक्ष नबनाएकाले पीडितहरू जोखिम मोलेर भूकम्पले चिरा परेको घरमा नै बस्न बाध्य छन् । कतिपय पीडितहरूको घर भूकम्पले जगैसम्म भत्काएको भए पनि प्राधिकरणको निर्णय सूचीमा मर्मत सम्भार गर्नेमा समावेश भएको छ । यसले पनि थप समस्या थपिएको छ ।
अधिकांश ढुंगा–माटोले बनेका घरहरू मर्मतसम्भार कार्यविधिबमोजिम मर्मत गरेर बस्न भन्दा नयाँ घर निर्माण सहज हुने भन्दै पीडितहरूले पूर्ण लाभग्राहीमा जान चाहेका हुन् । यसैगरी ‘मापदण्डभित्र आएनन् क्रसर’ शीर्षकको समाचार पनि कान्तिपुरमै छ । सो खबर हेटौडाबाट आएको हो ।
नयाँ पत्रिका
नयाँ पत्रिकाले ‘सोमबारसम्म उपत्यकाको सबै फोहोर उठ्ने’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । काठमाडौं महानगरपालिकाभित्रका सडकमा थुप्रिएका सबै फोहोर आइतबारसम्म उठ्ने भएको छ । लगातारको वर्षाको पानीले सिसडोलस्थित ल्यान्डफिल साइट पुग्ने बाटो हिलो भएपछि फोहोर बोकेर गएका ट्रकले फोहोर विसर्जन गर्न नसक्दा काठमाडौं उपत्यकाको फोहोर संकलनमा अवरोध हुँदै आएको थियो । फोहोर सडक र गल्लिहरुमा थुप्रिदा दुर्गन्ध फैलिएको थियो ।
‘विषादी परीक्षण गर्ने किट्स नै छैन’ शीर्षकमा नयाँ पत्रिकामा समाचार छापिएको छ । विषादी प्रयोगमा कडाइ गरेपनि किट्स नहुँदा समस्या देखिएको सम्बन्धित अधिकारीले बताएका छन् ।
नागरिक
‘पर्यटन प्रवद्र्धन गर्न चन्द्रागिरीमा साइक्लिङ’ शीर्षकमा नागरिकमा समाचार प्रकाशित छ । समग्र चन्द्रागिरि नगरपालिका क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा र्पुयाउने उद्देश्यले शनिबार ‘राइड टु चन्द्रागिरि’ साइक्लिङ आयोजना गरिएको छ। चन्द्रागिरि पर्यटन विकास समाजको आयोजना र चन्द्रागिरि नगरपालिकाको सहआयोजनामा भएको कार्यक्रममा दुई सय पचास साइकले सहभागी भए। बिहान नैकाप फूटबल ग्राउण्डबाट सुरु भएको साइकर्ल याली नागढुँगा, थानकोट, केवलकार वेस क्याम्प, अरविन्द योग आश्रम, मातातिर्थ, बौंथली, मच्छेगाउँ, विष्णुदेवी, नयाँ नैकाप हुँदै नैकाप फूटबल ग्राउण्डमै पुगेर टुँगिएको थियो। साइकलेहरुले २१ किलोमिटर दुरी तय गरेका थिए । साइक्लिङ कार्यक्रमको शुभारम्भ प्रदेश नं ३ की सभासद रमा आले मगर र चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले संयुक्त रुपमा गरेका थिए।
यसैगरी ‘धान गोड्ने बेला रासायनिक मल अभाव’ शीर्षकको दिलीप पौडेलले लेखेको खबर र चितवनको भरतपुर महानगरपालिकामा किसानले युरीया मल नपाएको सम्बन्धिी सरिता श्रेष्ठले लेखेको खबर पनि नागरिकमै प्रकाशित छ । यस्तै कृषि र पशुपालनसम्बन्धि केही समाचार पनि सो पत्रिकाले प्राथमिकताका साथ आर्थिक पृष्ठमा छापिएको छ ।
राजधानी
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार २७ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको समाचार राजधानीले प्रकाशित गरेको छ । यस्तै भारतीय प्रधामन्त्री नरेन्द्र मोदी र नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालवीचको वार्ताका क्रममा हिमालको पानी संसार पु¥याउन मोदीले चासो देखाएको खबरमा उल्लेख छ ।





