तीन वर्षभित्र घरघरमा खानेपानीको पहुँच पुर्याइने : मन्त्री मगर

 झापा– खानेपानीमन्त्री बीना मगरले तीन वर्षभित्र घरघरमा आधारभूत पानी पुर्याइने बताएकी छिन्।

झापाको विर्तामोडस्थित विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण (फिल्टर प्लान्ट)–को  उद्घाटन गर्दै मन्त्री मगरले  भनिन् , “ तीन वर्षभित्र सबै नेपालीको घरमा आधारभूत पानी पुर्याउने लक्ष्यका साथ गृहकार्य भइरहेको छ ।”

दूषित पानीकै कारण ८२/८३ वटा रोग लाग्ने गरेको बताउँदै उनले सरकारले शुद्ध खानेपानीमा ध्यान दिनुपर्नेमा जोड  दिइन्।

झापाको मेची, कनकाइलगायत नदी–हिमनदीको पानीलाई व्यावसायीकरण गर्ने बताउँदै उहाँले आठवटा ‘वाटर ब्लक’ निर्माणको तयारी भइरहेको जानकारी  दिइन्।  “मेचीदेखि महाकालीसम्मको पानीलाई पाइपलाइनमार्फत् अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना छ”, उनले भनिन्।

कार्यक्रममा संस्थाका अध्यक्ष जलकुमार गुरुङले असोज १ गदेखि विर्तामोड नगर क्षेत्रमा चौबिसैँ घण्टा पानी वितरण गरिने बताए।

खानेपानी मन्त्रालयले उपलब्ध गराएको रू ५५ लाखको लागतमा पानी प्रशोधन उपकरणबाट दैनिक १३ हजार ५० हजार लिटर पानी प्रशोधन हुने संस्थाका सचिव मेघराज बाँस्तोलाले जानकारी दिए । (रासस)

ताजा समाचार

सम्बन्धित समाचार