मुलुकी संहितालाई प्रेसमैत्री बनाउन माग गर्दै पत्रकार आन्दोलित (फोटो फिचरसहित)

काठमाडौं– भदौ १ गतेबाट लागू भएको मुलुकी (देवानी र फौजदारी) संहितामा रहेका कतिपय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधानलाई संशोधन गर्नुपर्ने माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार नयाँबानेश्वरस्थित सडकमा प्रदर्शन गरेको छ।

महासंघसँगै नेपाल वातावरण पत्रकार समूह तथा प्रेससँग सम्बन्धित विभिन्न संघसंस्थाले सरकार र सांसदहरुको ध्यानाकर्षण गराउन प्रतिनिधिसभा भवन बानेश्वर नजिकैको सडकमा प्रदर्शन गरेका हुन्। पत्रकारहरुले आफ्ना सञ्चार सामग्री भुइँमा राखेर प्रदर्शन गरेका थिए ।

पढ्नुहाेस् : प्रेस स्वतन्त्रताको पक्षमा खुला र फराकिलो बहसको आवश्यकता

प्रदर्शनमा सहभागी पत्रकारहरुदे ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, मुलुकी देवानि र फौजदारी संहिता संशोधन गर, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर आदि लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले संहितालाई संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउने गरी संशोधन गर्न माग गर्दै सुनुवाई नभए थप संघर्षका कार्यक्रम गरिने चेतावनी दिए।

ताजा समाचार

सम्बन्धित समाचार