Friday, December 27, 2024

अझै पनि टहरामै भूकम्प पीडित, सबैको आ–आफ्नै व्यथा (भिडियाे)

ललितपुर – काठमाडौँ उपत्यकाभित्र पर्ने ललितपुरको गोदावरी नगरपालिकाका भूकम्प पीडित अझै पनि टहरामै बस्न बाध्य छन् । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि उनीहरूले अझै घर बनाउन सकेका छैनन् ।

सरकारले भूकम्प प्रभावित जिल्लाहरूमा पुनःनिर्माणको लागि राहत स्वरुप तीन लाख उपलब्ध गराएको छ। तर गोदावरीका अधिकांश भूकम्प पीडितले पहिलो किस्ता वापतको ५० हजार बाहेक अन्य पैसा लिन सकेका छैनन्। सरकारले पहिलो किस्ता लिएपछि घडेरी खार्नुपर्ने प्रावधान राखेको छ।

तर गोदावरीका बासिन्दा भने अझैपनि घर कहाँ बनाउने भन्ने अन्यौलमै बसिरहेका छन् । यिनै विषयमा हामीले त्यहाँका स्थानीयवासीसँग के के समस्या छन भनेर सोधेका थियौँ । उनीहरूको जवाफ जनआवाजमा ।

ताजा समाचार

सम्बन्धित समाचार