छापामा आजः १६ जिल्लामा प्रदूषित खानेपानी, खडेरीले छाक टार्नै धौधाै

काठमाडाैं–आज प्रकाशित दैनिक पत्रपत्रिका प्राय सबैमा भूकम्पपीडितको घर बनाउने जिम्मा स्थानीय तहलाई शीर्षकका समाचार छापेका छन् । साथै स्वास्थ्य र विकासका समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

नागरिक
आजको नागरिक दैनिकको पृष्ठ ५ मा ‘पूर्वका १६ जिल्लामा प्रदूषित खानेपानी ’शीर्षकमा अमर खड्कोले लेखेको समाचार छापिएको छ ।

पूर्वका १६ जिल्लाको खानेपानी कम गुणस्तरको भएको पाइएको छ। पानी परीक्षण प्रयोगशाला इटहरीले गरेको परीक्षणमा यी जिल्लाको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । प्रदेश का १४ जिल्ला र प्रदेश २ का सिरहा तथा सप्तरीका २१७ वटा नमुना परीक्षण गर्दा ३८.३ प्रतिशत पानीमा इकोली ब्याक्टेरिया रहेको पाइएको छ।

आर्थिक वर्ष २०७४–७५ मा परीक्षण गरिएको पानीको नमुनाका आधारमा इकोली ब्याक्टेरिया पानीमा हुँदा मानिस वा जनावरको दिसाको मात्रा मिसिएको हुन्छ। दिसा मिसिएको पानी पिउँदा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्छ।

‘व्यापारिक मार्ग निर्माणमा ढिलाई’शीर्षकमा रितश त्रिपाठीले लेखेको समाचार अर्थतन्त्र पृष्ठमा छापिएको छ ।
मुलकको प्रमुख व्यापारिक मार्ग विरगन्ज–पथलैया सडक ६ लेन बनाउन निर्माण कम्पनीहरु र व्यापारिक मार्ग विस्तार आयोजनाबीच सम्झौताका दौरान तोकिएको समयसीमा सकिँदा निर्माण कार्य भने ५० प्रतिशत मात्र पुरा हुन सकेको छ । विभिन्न समस्याले गर्दा समयावधि पछाडि धकेलिँदै गएको कार्यालयले जनाएको छ ।

भूकम्पपीडितको घर बनाउने जिम्मा स्थानीय तहलाई,पाउडर दूध आयातमा प्रतिबन्ध र योजना बने,काम भएन शीर्षकमा पनि समाचार नागरिकले छापेको छ ।

अन्नपूर्ण पोस्ट
‘मलको महाभारत’ शीर्षकमा मनीष दुवाडीले लेखेको समाचार पृष्ठ १ मा छापिएको छ ।

नीलकण्ठ नगरपालिका–८ की बिन्दा श्रेष्ठ काखमा दुधे छोरो बोकेर बिहानै सदरमुकाम आइन् । काम थियो– रासायनिक मल किन्ने । सदरमुकामको नीलकण्ठ सहकारीबाट बिहीबार मल वितरण गर्ने सूचना पाएकी बिन्दा छोरालाई लिएर बिहान ७ बजेनै यहाँ आएकी हुन् ।

यसअघि २ पटक मल लिन सदरमुका आउँदा रित्तै फर्केकी उनी खानासमेत नखाई बिहानै लाइन बसिन् । काखमा छोरो च्यापेरै घाममा ५ घण्टा लाइनमा बसेपछि बल्लतल्ल १२ बजेतिर उनले २० किलो मल पाइन् । मल किनेपछि लामो सास फेर्दै भनिन्, ‘पाखोबारीमा कोदो रोपेको छु, मल नहालौं, उब्जनी कम हुन्छ, हालौं किन्न यत्रो सास्ती छ ।’
टन्टलापुर घाममा बिन्दासँगै सदरमुकाम आसापासका ठूलो संख्याका कृषक २० किलो मल किन्न घण्टौं लाइनमा बसेका थिए । खाद्य तथा तरकारी बालीमा समयमै मल हाल्न नपाएका किसान भनेको समयमा र भनेजति मल नपाउँदा आक्रोशित देखिन्थ्ये ।

‘पानी र मानवीय सुरक्षा’शीर्षकमा डा. विष्णुराज उप्रेतीको विचार छापिएको छ ।
पानी जीवनको विकास र विनाश दुवैको आधार हो। पानीले भूमण्डलको ७१ प्रतिशत भाग ओगटे पनि शुद्ध खानयोग्य पानी भने तीन प्रतिशत मात्र छ। यही तीन प्रतिशत पानीले झन्डै सात अर्ब जनताको आवश्यकता पूरा गर्नुपर्नेछ। यो निकै अभावयुक्त स्रोतका रूपमा रहेकाले नै सन् २०१२ को विश्व आर्थिक मञ्चले पानीलाई विश्वका पाँचवटा महत्वपूर्ण जोखिममध्ये प्रमुख एक भनी पहिचान गरेको हो। सबै देशका लागि यो ठूलो चुनौती पनि हो। तर पानीसँग सम्बन्धित सुरक्षा सवालले संसारभर प्राथमिकता पाएको देखिँदैन।

हालै हर्वाड ल स्कुलबाट केही महिनाअघि प्रकाशित राष्ट्रिय सुरक्षा जर्नलले पनि यो विषयले राष्ट्रिय(अन्तर्रा्ष्ट्रिय बहस र छलफलमा खासै प्राथमिकता नपाएको विषय भनी उल्लेख गरेको छ। पानीको अभाव र उपयोगलाई लिएर संसारभर थुप्रै स्थानमा तनाव भएका छन्। विश्वका एक अर्बभन्दा बढी जनसंख्या अहिले सुरक्षित खानेपानीको पहुँचमा छैनन् भने तीन करोड चालीस लाखभन्दा बढी मानिस दूषित पानी खान बाध्य छन्।

पुनर्निर्माण जिम्मा तहलाई,ठडिँदै भूकम्पले ढलेका विद्यालय,विकासका काम महिलाका काधँमा,जडिबुटी संरक्षण गर्दै किसान ,पोखरी बनेपछि सिँचाइ समस्या टर्यो र सरकार पुल बनाउन आन्दोलन नै गर्नुपर्ने हो शीर्षकमा पनि समाचार छापिएको छ ।

कान्तिपुर
‘दुई महिना टिकेन सवा करोडको तटबन्ध’शीर्षकमा रमेशकुमार पौडेल लेखेको समाचार छापिएको छ ।
नारायणीको बाढीबाट १२ सय घर जोगाउन मेघौलीमा निर्मित तटबन्धन दुई महिना नहुँदै भत्केको छ । भरतपुर महानगरपालिकाको २७ र २८ नम्बर वडाको सीमा मेघौली निउरे चोकमा नारायणी नदीले तटबन्ध कटान गरेपछि वरपरका बस्तीमा त्रास फैलिएको छ ।

सवा करोडको तटबन्ध असारमा मात्र तयार भएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबारबाटै कटान सुरु भएको बताए । भदौको अन्तिम अन्तिममा चितवनमा पानी कमै परेको छ । यो बेलामा बाढीले दुस्ख दिन्छ भनेर जिल्लावासीले सोच्दै सोचेका छैनन् । तर मंगलबार दिउँसो चितवन जिल्ला प्रशासनले जारी गरेको सूचनाले भने जिल्लावासी झसंग भए ।

‘पशुपति कोष घेराउ’शीर्षकमा समाचार छापिएको छ । पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा सिमेन्टको ढलान गरेको विरोधमा सम्पदा संरक्षण अभियन्ताले बिहीबार पशुपति क्षेत्र विकास कोष घेराउ गरेका छन् । घेराउका क्रममा विकास कोषका कर्मचारी र अभियन्ताबीच भनाभनसमेत भएको थियो ।

अभियन्तालाई कोषका गार्ड र कर्मचारीले लछारपछारसमेत पारेका थिए । पशुपतिका भण्डारी केदार भण्डारीले बोल्ने क्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार उप्रेतीले बोल्न रोकेपछि विवाद बढेको थियो ।

‘भक्तपुरका भित्री सडकको बिजोग’शीर्षकमा समाचार छापिएको छ । मध्यपुर थिमि कौशलटारबाट सूर्य्विनायक बालकोट हुँदै बिरुवा जाने मुख्य सडकमा स्कुटर, मोटरसाइकललगायत सवारीसाधन चिप्लिएर दुर्घटनामा नपरेका त दिनै हुँदैनन ।

सडकका बीचमा ठुल्ठूला खाडल छन । बस्तीबाट निस्किएको पानी सडकबाटै बग्छ । निकास छैन । बस्ती विकाससँगै राजकुलो मासिएको छ । बस्तीको पानी बगेपछि सडक जीर्ण बनेको स्थानीय बताउँछन । ‘पहिलेरपहिले हयुमपाइपबाट बग्ने पानी सडकबाटै बग्न थालेको छ,’ स्थानीय अनिल श्रेष्ठले भने।

सूर्य्विनायक–२ बालकोट धारापाटीबाट ललितपुरको महालक्ष्मी नगरपालिका चाँगाथली जोड्ने सडक हिलाम्य छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले असारको अन्तिममा सडक निर्माण गर्दा भक्तपुर र ललितपुरका बासिन्दाले सास्ती खेप्नु परेको छ ।

घरभित्रै कुहिन थाल्यो फोहोर,हस्तान्तरण नहुँदै चर्कियो,प्रस्तावित हवाई मैदान उपेशित,कुलेखानी जलाशय भरिँदै र पुनर्निर्माण स्थानीय तह परिचालन गरिने शीर्षमा समोत कान्तिपुरले समाचार छापेको छ ।

‘खडेरीले छाक टार्नै धौधौ’शीर्षकमा समाचार प्रकाशित छ । बर्खायाममा समेत खडेरी परी अन्नबाली सुकेपछि पाँचथर र तेह्रथुमका ३ गाउँपालिकाका किसानलाई छाक टार्न धौधौ परेको छ । ती ठाउँमा भोकमरी समस्या देखिएको भन्दै प्रदेश सरकारले अल्पकालीन र दीर्घकालीन गरी राहत दिने तयारी गरेको छ ।

खडेरी लागेर पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका ८ सय ८६ घरधुरी र तेह्रथुमको छथर गाउँपालिकाका ८ सय ५४ घर खाद्य संकटमा परेको तथ्याङ्क प्रदेश सरकारले स्थलगत निरीक्षणपछि निकालेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार