व्यवस्थित र प्रविधिमैत्री शहरीकरणको परिकल्पनामा सरकार : वनमन्त्री

काठमाडौं –वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले व्यवस्थित र प्रविधिमैत्री शहरीकरणको परिकल्पनामा सरकार केन्द्रित भएको बताएका छन् । यसका लागि सरकारले गृहकार्य अगाडि बढाएको समेत बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले त्यसका लागि नीतिगत समन्वय, प्राविधिक सहयोग र बजेटको व्यवस्थापन लगायतका आवश्यकता रहेकोमा जोड दिए ।

बढ्दो जनसंख्यासंगै अव्यवस्थित शहरीकरणले विभिन्न समस्या निम्त्याएको बताउँदै सरकारले तिनको समाधान गर्न योजना  बनाएको बताए ।

सोफेनका अध्यक्ष इन्जिनियर रामवीर शाहले बढ्दो शहरीकरणसंगै स्थलगत सरसफाइ, मानव सृजित फोहोरमैला व्यवस्थपन ठड्कारो चुनौतीको रुपमा रहेको बताए ।

उनले शहरी विकास रणनीति तय भएपनि पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेकोमा दुख ब्यक्त गरे ।

सहभागीहरुले पनि नेपालका शहरहरुमा मानव सृजित फोहोर बढ्दै गएकाले व्यवस्थापनका लागि संस्थागत तथा नियामक खाका आवश्यक रहेको जोड दिएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार