धानखेतमा मृत भेटियो हात्ती

भद्रपुर–मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा बिहीबार बिहान जंगली हात्ती मृत फेला परेको छ।

झापाको मेचीनगर–९ मागुरमाडीस्थित धानखेतमा बिहीबार बिहान मृत फेला परेको मत्ता हात्तीलाई पुर्नका लागि क्रेनको प्रयोग गरिँदै । तस्वीर : चन्द्रकला भण्डारी, रासस

स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को हात्ती मरेको भेटिएको थियो। रासस

ताजा समाचार

सम्बन्धित समाचार