Thursday, October 3, 2024

बर्खापछि काठमाडौंका सडक सफा र हराभरा : प्रचण्ड

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले अबको ६ महिनाभित्रमा देखिने गरी काम गर्ने योजना बनाएको बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बिहीबार मकवानपुरमा आयोजित एक कार्यक्रममा वर्षायाम सकिएपछि काठमाडौंका सबै सडक स्तरोन्नति हुने बताए।

सडक स्तरोन्नतिसँगै सफा र हराभरा बनाउने सरकारको योजना रहेको उनले बताए। ‘काठमाडौंको सडक हिलो, चिप्लो हेरेर सबै जनता निराश छन्। अब यो वर्षायाम सकिने बित्तिकै सडक राम्रोसँग बनाउँछौं अनि निराशा धेरै कम हुन्छ,’ उनले भने।

पूर्व–पश्चिम रेलमार्ग सपना मात्र नभइकन एथार्थ रहेको बताउँदै उनले अब चीन र भारतबाट रेल आउने निश्चित भएको बताए।

ताजा समाचार

सम्बन्धित समाचार