Thursday, October 3, 2024

तीन उद्योगको पानी गुणस्तरहीन

बुटवल–खानेपानी उत्पादन गर्ने बुटवलका तीन उद्योगको पानी गुणस्तरहीन देखिएको छ।

जिल्ला खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र इलाका प्रशासन कार्यालय बुटवलको संयुक्त टोलीले बुधबार यहाँस्थित विभिन्न खानेपानी उद्योगमा अनुगमन गर्दा क्यारोलिना वाटर उद्योग, सी एण्ड एच फूड एण्ड बेभरेज इण्डिष्ट्रज र मानसरोवर ड्रिङकिङ वाटरको खानेपानी गुणस्तरहीन देखिएको हो ।

तीमध्ये क्यारोलिनालाई बोटलको खानेपानी उत्पादनमा रोक लगाउँदै सिलबन्दी गरिएको छ भने बेभरेज इण्डिष्ट्रज र ड्रिङकिङ वाटरमा जार उत्पादन गर्न नै रोक लगाइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक श्रवण ढुङ्गानाले जानकारी दिए।  क्यारोलिनाले जारकोे उत्पादन भने गर्न पाउने बताइएको छ ।

उनले खानेपानी निर्देशिका जारी भएकाले त्यसलाई कार्यान्वयन गर्न पानीमा अनुगमन तीव्र बनाइएको बताए। टोलीले बुटवलका पाँच खानेपानी उद्योगमा अनुगमन गरिएको थियो । रासस

ताजा समाचार

सम्बन्धित समाचार