Thursday, October 3, 2024

सात वटै प्रदेशमा मल भण्डारण केन्द्र स्थापनाको तयारी

काठमाडौं– सरकारले सात वटै प्रदेशमा रासयनिक मल मौजदात राख्नका लागि ‘मल भण्डारण केन्द्र’ स्थापनाको तयारी अगाडि बढाएको छ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले मल भण्डारण केन्द्र स्थापनाका लागि आवश्यक पर्ने बजेट र प्राविधिक तयारी अगाडि बढाउने तयारी गरेको हो।

नेपालमा तेस्रो मुलुकबाट आयात हुने मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडका क्षेत्रीय कार्यालयका गोदाममा भण्डारण हुँदै आएको छ। तर, धानखेती र गहुँखेतीको सिजनमा मलको अत्याधिक माग हुने तर, गोदामको भण्डारण क्षमता कम हुने भएकाले समस्या रहँदै आएको छ।

सरकारको पछिल्लो तथ्यांक अनुसार नेपालमा ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जमिन रहेकोमा १० लाख ३० हजार हेक्टर बाहेकमा मात्र खेती गरिँदै आएको छ।

तर, मल लगायतका अभावका कारण खेती नै नगरिने तथा कम उब्जनी हुने समस्या बढ्दै गएपछि कृषि मन्त्रालय भण्डारण केन्द्र स्थापना गर्ने निष्कर्षमा पुगेको हो । यस सम्वन्धमा सरकारले निर्णय लिइसकेको छ। अब छिट्टै त्यसका लागि बाँकी प्रक्रिया अगाडि बढाइने मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

कृषकलाई मुख्यगरी आवश्यक पर्ने युरिया, डीएपी र पोटास मल अब स्थापना हुने भण्डारण केन्द्रमा मौजदात राख्न सके बाली लगाउने सिजनमा समस्या नपर्ने सरकारी अधिकारीहरुको ठहर छ।

नेपालमा हाल रासायनिक मलको आपूर्ति र बिक्री वितरण कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले गर्दै आइरहेका छन् । यी दुवै निकायले सहकारी संस्थामार्फत अनुदानको रासायनिक मल बिक्रीवितरण गर्दै आएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार