Thursday, October 3, 2024

वातावरणीय अनुगमनमा अवरोध गरे २० हजार जरिवाना

काठमाडौं–वातावरणीय अनुगमनको क्रममा कोही कसैले अवरोध खडा गरेमा जरिवाना हुने भएको छ।

प्रारम्भिक वातावरणीय मूल्यांकन (आईईई), वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न तथा विभिन्न वातावरणीय अनुगमनका क्रममा गएका वातावरण निरीक्षकमाथि अवरोध खडा गरेमा २० हजारसम्म जरिवाना हुन सक्ने भएको हो।

प्रतिनिधिसभामा पेश भएर विषयगत समितिमा पठाइएको वातावरण संरक्षण ऐनको (पहिलो संशोधन) विधेयकमा अवरोध गर्नेे व्यक्ति वा संस्थालाई वातावरण निरीक्षकले बढीमा २० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ।
विधेयक संसदबाट पारित भएर राष्ट्रपतिमार्फत् प्रमाणिकरण भए पश्चात लागू हुनेछ।

वातावरण निरीक्षकले प्रदूषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने कार्य भए नभएको निरीक्षण गर्ने काम गर्ने गर्छन।

यसैगरी पूर्वसूचना दिएर कुनै घर, जग्गा भवन, कारखाना, उद्योग, सवारीसाधन, औद्योगिक संयन्त्र, औजार, मेशिनरी, जीव, बस्तु, अभिलेख, कागजात वा अन्य मालसामान वा बस्तुकाे निरीक्षण, परीक्षण वा जाँचबुझ गर्न सक्ने अधिकार निरीक्षकसँग रहन्छ। वातावरण विभागमा हाल १४ जना वातावरण निरीक्षक छन्।

ताजा समाचार

सम्बन्धित समाचार