Thursday, October 3, 2024

पत्रपत्रिकामा आज :मंसिरमा बागमतीबाट बिजुली झलल, प्लास्टिकको पृथ्वीमा मानिस

काठमाडौं–आज प्रकाशित दैनिक पत्रपत्रिकाले प्रदूषण,विकास निर्माण र हरियालीका विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोस्ट
आजको अन्नपूर्ण पोस्टको पृष्ठ ४ मा ‘फोहोर जलाउनु हानिकारक’शीर्षकमा सुरेन्द्र काफ्लेले लेदेको समाचार छापिएको छ । उपत्यकामा उत्पादन हुने फोहोरमैला जलाउँदा त्यसले गम्भीर असर र्पुयाउँदै आएको बताइएको छ । उपत्यकामा दैनिक पाँच सय मेट्रिक टन उत्सर्जन हुने फोहोरमध्ये तीन प्रतिशत जलाएर नष्ट गर्ने गरिएको छ । यसले वायु प्रदूषण भएर मानव स्वास्थ्यदेखि जलवायु परिवर्तनसम्म हुने सरोकारवालाको भनाइ छ ।

‘काठमाडौंसँग जोड्न दुई सुरुङमार्ग बन्दै’शीर्षकमा कृष्ण सारु मगरले लेखेको समाचार छ । प्रदेश ३ को राजधानी मकवानपुरलाई संघिय राजधानी काठमाडौंसँग जोड्न दुई सुरुङमार्ग निर्माण हुने भएको छ ।

‘कर्णालीको यात्रा जोखिमपूर्ण’शीर्षकमा समाचार छापिएको छ । कर्णाली राजमार्ग हिलाम्मे हुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ। कर्णाली राजमार्गको घट्टे, दही, गगने, शेरीघाट र सुनार खोलामा सडक हिलाम्मे भएछि यात्रा जोखिमपूर्ण बन्दै गएको हो।

कालिकोट सदरमुकाम नजिकै रहेको सुनार खोलामा दैनिक यात्रुले गाडी धकेल्नु पर्छ। चालक गोरखबहादुर शाहीले भन्छन्, ‘सुनार खोलाले असारदेखि नै सास्ती दिँदै आएको छ। सडक हिलोले भरिएकाले दैनिक सास्ती हुन्छ।’

कतिपय समयमा यात्रुले ठेल्दासमेत निकाल्न नसक्दा हजार रुपैयाँ तिरेर डोजर लगाएर गाडी तान्नु पर्ने बाध्यता रहेको शाहीको भनाइ छ। नारायणीले बस्ती जोखिम र घलेगाउँ अब स्मार्ट भिलेज शीर्षकमा पनि समाचार प्रकाशित छ ।

नागरिक
‘नौ नौबिसे–नागढुंगा सडक जीर्ण’शीर्षकमा सरिता श्रेष्ठले लेखेको समाचार छापिएको छ ।  हिजोआज धादिङबेसीबाट बिहान ५ः३० बजे छुटेको बस दिउँसो ३ बजे आसपासमात्रै काठमाडौं पुग्छ। सामान्य समयमा धादिङबेसीबाट काठमाडौं पुग्न ३ घण्टा लाग्छ तर जीर्ण राजमार्ग र सवारीसाधनको चापले साढे १० घन्टा लाग्ने गरेको छ। उकालो बाटो, घुमाउरो मोड, ओभरलोडका सवारीसाधन र ओभरट्याकका कारण राजधानी छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडक खण्डमा घन्टौं जाम हुँदा यात्रु हैरान हुनुपरेको छ। यो सडक ठाउँठाउँमा जीर्णसमेत बनेको छ।

‘सडकछेउमा गोलियाका गोदाम’ शीर्षकमा गिरिराज बाँस्कोटाले समाचार लेखेका छन् । मेची राजमार्ग क्षेत्राधिकार मिच्दै सडककै छेउमा काटका गोलिया राखिए पनि सम्बन्धि निकायले चासो दिएको छैन ।

‘दुई वर्षमा सात प्रतिशत काम, दाताद्धारा सहयोग रोक्न चेतावनी’शीर्षकमा रुद्र खड्काले लेखेको समाचार प्रकाशित छ ।
मुलुकका अधिकांश पुल निर्माणको ठेक्का लिएर काम नगरेको आरोप खेपेको पप्पु कन्स्ट्रक्सनले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको शाखा नहर निर्माणमा समेत लापरबाही गरेको छ ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा पप्पुले काम नगरेपछि शाखा नहर निर्माण गर्न आर्थिक सहयोग गरेको दाताले समेत सहयोग रोक्ने चेतावनी दिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको सिक्टामा पहिलोपटक सहयोग गर्ने दातृ निकाय साउदी विकास कोष हो ।

‘भारतीय रेल्वेले किन घटायो नेपालका लागि फलामको र्‘याक’ ?’शीर्षकमा रितेश त्रिपाठी समाचार लेखेका छन् ।

भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेसन अफ इन्डिया (कन्कोर)ले वीरगन्ज, सिर्सिया सुक्खा बन्दरगाहबाट फलाम बोकेर आउने मालबाहक रेल ((याक) संख्या कटौती गरेको छ । बढ्दो फलाम आयातलाई धान्ने संख्यामा फलाम ओसार्ने (याक (बिआरएन) उपलब्ध गराउनुपर्नेमा कन्कोरले साबिकमा उपलब्ध गराउँदै आएको संख्या पनि घटाएको छ।
औद्योगिक कच्चा पदार्थका रुपमा फलाम आयातमा देखिएको करिब ११ प्रतिशतको वृद्धिलाई भौतिक निर्माण र पूर्वाधार विकासको सूचक मानिएको छ ।

ढुंगा निकासीमा अख्तियारको नजर,बिग्रेको युरिया किन्न दोब्बर मृल्य तिर्दै किसान

नेपाल समाचारपत्र
‘मंसिरमा बागमतीबाट बिजुली झलल’शीर्षकमा सुरेश तामाङले समाचार लेखेका छन् ।
स्वदेशी निजी क्षेत्रको लगानी र प्राविधिकबाट बाग्मती नदीमा विजुली निकाल्न अन्तिम तयारी भैरहेको छ । बाग्मती नदीबाट व्यावसायीक बिजुली निकाल्ने गरी निजी कम्पनीको लगानीबाटै यो पहिलो हो ।

२२ मेघावाट क्षमताको जलविद्युत निकाल्न यतिबेला विभिन्न काम भइरहेको छ । निजी क्षेत्रको माण्डु हाइड्रोपावर कम्पनीले बाग्मतीको पानीबाट व्यवसायीक बिजुली उत्पादन गर्न लागिएको हो । कम्पनीले २०७२ जेठदेखि निरन्तर काम गरिरहेको छ ।

स्वदेशी कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिको लगानीमा बाग्मती साना जलविद्यत् आयोजनाले २ हजार ४ सय २४ मिटर लम्बाईको सुरुङ खनिसकेको छ । सुरुङ खन्ने काम गएको माघ महिनामा सम्पन्न गरेको हो । भने कम्पनीले बाँध निर्माणको काम समेत सम्पन्न गरिसकेको छ ।

आयोजनाले बाग्मती नदी, कुलेखानी, र कोगटेको पानीलाई बाँध बनाएर बिजुली उत्पादन गर्न लागिएको हो ।
अवरुद्ध बाटो खुल्यो,प्रदेश राजधानीमा सवारी व्यवस्थापन गरिँदै,मनाङको पुल दक्षिण एसियामै अग्लो शीर्षकका समाचार पनि आजको समाचारपत्रमा प्रकाशित छ।

कान्तिपुर
वनमा ढलान गरे ‘सम्पादा रहन्न’शीर्षकमा विभिन्न व्यक्तित्वहरुको विचार छापिएको छ । पशुपति क्षेत्रको वन सम्पदा श्लेष्मान्तकमा अहिले धमाधम कंक्रिट राखेर बाटो बनाउने काम भइरहेको छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत यो क्षेत्रमा प्राचीन स्मारक ऐन र पशुपति क्षेत्रमा लागू भएको मापदण्डले समेत परिकल्पना नगरेको आधुनिक निर्माण सामग्री प्रयोग गरेर बाटो बनाउने काम भइरहेको छ ।यसले एकातिर सम्पदाको मूल्य मान्यतामा प्रहार भइरहेको छ भने अर्कोतिर यहाँको प्राकृतिक वातावरणमा असर परेको छ ।

‘मन्त्रीज्यू निर्देशन कार्यान्वय कहिले ?’शीर्षकमा समाचार प्रकाशित छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चाबहिल–साँखु सडक खण्डको ६ महिनामा ६ पटक निरीक्षण गरे ।

उनले प्रत्येक पटक नै निर्माण व्यवसायी, सडक विभागका महानिर्देशक र डिभिजन कार्यालयका प्रतिनिधिलाई यथाशक्य चाँडो सडक निर्माण गर्न निर्देशन दिए ।

मन्त्रीसँगै सडक विभागका महानिर्देशक, सडक विस्तार आयोजनाका अधिकारीलगायत केन्द्रीय तथा प्रदेश सरकारका सांसद, सम्बन्धित क्षेत्रका स्थानीय जनप्रतिनिधि र निर्माण व्यवसायीे सडक विस्तार स्थलमा पुगेका थिए ।

‘वनरबारी वारि र पारि’ शीर्षकमा कृष्णप्रासद पौडेलको विचार पृष्ठ ७ मा छापिएको छ । कालीमाटीका ६ स्टर रेज,राजमार्गमा चिरा बढ्दै,हेलम्बुमा फेरि फल्यो स्याउ,म्याद सकियो,सडक उस्तै र पुलको पिच उप्कियो शीर्षकमा पनि समाचार छापिएको छ ।

नयाँ पत्रिका
वन जोगाउन घरघरै ग्यास जडान र नारायणी नदीको बहाब बढ्दा जोखिम बढ्यो शीर्षकमा समाचार प्रकाशित छ ।

राजधानी
प्रथम पृष्ठमा सविन शर्माले लेखेको ‘प्लास्टिक झोला! क्यान्सर होला’ शीर्षकमा समाचार प्रकाशित छ ।

विश्व बजार र आधुनिक जीवनशैलीले प्लास्टिक झोलाको प्रयोगलाई व्यापक बनाएको छ । प्लास्टिक झोलाको प्रयोगले मानिसमा क्यान्सरजस्तो भयानक रोग लाग्न सक्ने चिकित्सकले बताएका छन् । प्लास्टिकको बढ्दो प्रयोगसँगै प्लास्टिक अद्भुत अन्वेषण मात्र नरही प्राणीको अस्तित्वमाथि चुनौती बन्दै गएको छ । प्लास्टिकका कारण मानव स्वास्थ्यमा समेत ठूलो असर गरेको डा. खेम कार्की बताउँछन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वको अनुभव सँगालिसकेका उनले परिषद्का तर्फबाट विभिन्न समयमा गरिएका अध्ययन अनुसन्धानले पनि प्लास्टिक झोला प्रयोग नियन्त्रण गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी दिए ।

‘प्लास्टिकको पृथ्वीमा मानिस’शीर्षकमा रमेश भट्टराईको विचार समाचारपत्रको पृष्ठ ७ मा छापिएको छ ।

‘बङ्गालको खाडी प्लास्टिकले थुनियो भने‘‘’ स्टेफन हकिङले अर्को पृथ्वीको विकल्प खोज्न सायद यसले पनि प्रेरित ग¥यो कि ? सायद सभ्यता खोज्न सिकाएका हुन्, भनौँ । आज विज्ञको चिन्तामा मानव सम्भयता कलुषित छ । काठमाडौँमा मात्रै १० लाख प्लास्टिक प्रयोग हुने अनुमान गरिन्छ । सभ्यतादेखि नै मानिसले आफ्नो सहजतालाई खोज्दै अघि बढ्यो । फलतः जङ्गली जनावरभन्दा अलिक माथि उठेर बौद्धिकता प्रयोग ग¥यो । तरुल भ्याकुर खोज्दै अन्नको खोजी ग¥यो । आगोमा पकाएर खाने तरिकालाई खोज्यो । जडिबुटी, खाद्यान्न, पानीको बारेमा सिक्यो । फलपूmलको रसलाई चिन्यो । सायद कैयौँ मानिसहरूले मृत्युवरण गरे हुनन्, औषधी खोज्दा विष खान पुगेर ।

पृथ्वीका अनेकौँ वस्तु तथा वनस्पतिको हजारौँ परीक्षणबाट अमूल्य जडिबुटीलाई रोगअनुसार प्रयोग गर्न सिकेको हुँदो हो ।
७५ प्रतिशतले पिउँछन् परीक्षण नगरिएको पानी , नहर भत्किएपछि सदरमुकाम अन्धकार र रोकिएन सुनार खोलाको पहिरो शीर्षकमा पनि समाचार छापिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार