Thursday, October 3, 2024

पाँचवटा रेडपान्डाकाे छालासहित दुर्इ जना पक्राउ

काठमाडाैं–उच्च हिमाली तथा पहाडी भागमा पाइने उभयभक्षी प्राणी रेडपान्डा (हाब्रे) को छालासहित दुई जना पक्राउ परेका छन्। रेडमान्डा दुर्लभ वन्यजन्तु हाे।

महानगरीय प्रहरी बृत्त दरवारमार्गका डिएसपी दानबहादुर मल्लका अनुसार काठमाडौंको पाँचवटा रेडपान्डाको छालासहित टुकुचाबाट २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोलुखुम्बुको जुगु घर भएका शुक्र राई र जुगुकै पवन श्रेष्ठ रहेको उनले बताए। उनीहरुविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारबाही हुने उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार