Thursday, October 3, 2024

लाप्राक पुनर्निर्माण शीघ्र सम्पन्न गर्न आग्रह

काठमाडौं– गोरखाको लाप्राकमा एनआरएनएले बनाइरहेको एकीकृत नमूना बस्तीको पुनर्निर्माण शीघ्र सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आग्रह गरेका छन् ।

मंगलबार प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बस्तीको पछिल्लो अवस्था तथा त्यहाँ संचालन गर्न संभव आयआर्जनका कार्यक्रमबारे गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

ज्ञवालीले लाप्राकको एकीकृत बस्ती सम्पन्न हुँदा भूकम्प प्रभावित अन्य क्षेत्रमा पनि सकरात्मक सन्देश जाने भएकोले बस्ती पुनर्निर्माण शीघ्र सम्पन्न गर्न आग्रह गरे हुन् । उनले बाँकी कार्यको निश्चित समयरेखा निर्माण गरी कार्य गर्न र त्यहाँ आर्य आर्जनको पनि योजना बनाउन पनि सुझाव दिए ।

‘प्राधिकरणले पुनर्निर्माणका क्रममा एकीकृत नमूना बस्तीलाई प्रोत्साहन गर्ने नीति लिएकोले लाप्राकको एकीकृत बस्ती पुनर्निर्माणको अनुभव अन्य क्षेत्रलाई पनि अनुशरणयोग्य हुनेछ,’उनले भने ।

ज्ञवालीले पुनर्निर्माणको कार्य शीघ्र सम्पन्न गर्न प्राधिकरणका तर्फबाट आवश्यक सहयोग गर्ने पनि बताए ।

एनआरएनएका अध्यक्ष भवन भट्टले मौसमी कठिनाइ, सामान ढुवानीका लागि बाटोको समस्या तथा विकटताका बाबजुद लाप्राक पुनर्निर्माण कार्य शीघ्र सम्पन्न गर्न एनआरएनए नेतृत्व कटिबद्ध रहेको बताए ।

उनले भौतिक पुनःर्निर्माण सकिएपछि होमस्टेसहितका पर्यटन प्रबद्र्धन, विभिन्न कृषि तथा पशुविकासका कार्यक्रमहरुको बारेमा योजना बनाइएको जानकारी पनि दिए । लाप्राकमा एनआरएनएले भूकम्प प्रभावितका ५ सय ७३ घरहरु निर्माण गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार