Thursday, October 3, 2024

चितुवाको छालासहित एक पक्राउ

काठमाडौं–चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित यवाङ गेष्ट हाउसमा बस्ने रोल्पा यवाङ गाउँपालिका-१ घर भएका २२ वर्षीय अनमोल झाक्री मगर रहेका छन् । उनलाई चितुवाको छाला १ थान सहित पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार मगरलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क विष्णुमति पुल नजिकबाट चितुवाको छाला सहित साेमबार पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

सम्बन्धित समाचार