Thursday, October 3, 2024

वजार अनुगमन टोलीको संख्या वृद्धि

काठमाडौं । तरकारी पसलदेखि, पाटी प्यालेस र होटलहरुमा समेत प्रदूषित तरकारी र खाद्य सामाग्री भेटिन थालेपछि अनुगमन टोलीहरुको संख्या वढाइएको सरकारले जनाएको छ ।
अनुगमन टोलीलाई तरकारी तथा खाद्य सामाग्रीको मूल्य अनुगमन गर्नेदेखि खाद्य पदार्थको गुणस्तर जाँच गर्ने अधिकार दिइएको र आवश्यक परेमा तत्काल कारवाहीको व्यवस्था समेत गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
साथै, चाडपर्वको समयमा खाद्य वस्तुहरुको कृत्रिम अभाव सिर्जना गर्ने गत वर्षहरुको प्रवृति अन्त गर्नका लागि पनि अनुगमन टोलीलाई जिम्मेवारी दिइएको छ । विशेषगरी उपत्यका वाहिरबाट संक्रमित तथा रोगी पशु पंक्षीहरु भित्रन सक्ने आशंका सरकारी टोलीको छ ।

ताजा समाचार

सम्बन्धित समाचार