Thursday, October 3, 2024

भूकम्पपीडितको घर वडा कार्यालयले बनाइदिने

सोलुखुम्बु–भूकम्पपीडित एकल महिलाको घर वडा कार्यालयले निर्माण गरिदिने भएको छ। थुलुङ दूधकोशी गाउँपालिका वडा नं ९ कि भूकम्पपीडित रत्नकुमारी राईको घर निर्माणमा वडा कार्यालयले सहयोग गर्ने भएको हो।

प्यारालाइसिसले ग्रसित ६५ वर्षीया राईको एक मात्रा जीवनको सहारा छोरा भए पनि उनीसमेत सुस्त भएकाले घर निर्माणमा समस्या भएपछि वडा कार्यालयले सहयोग गर्ने भएको हो।

उनका एक छोरा सुस्त छन् भने रार्इ अाफू पनि हिँडडुल गर्न सक्दिनन्।  चार जना छोराछोरीकी आमा पीडित राईको श्रीमान्काे ३० वर्ष अघि नै मृत्यु भएको थियो । एक छोरा र दुई छोरीसमेत कहाँ छन् भन्ने कुनै टुङ्गो छैन । उनको करीब दुई रोपनी जग्गा छ भने भएको एक तले घरसमेत भूकम्पले क्षति पु-एपछि थप समस्या थपिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार