Wednesday, October 2, 2024

रथयात्रा तयारी पूरा

विराटनगर– विराटनगरमा निकालिने भगवान् श्रीकृष्णको रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ ।

विराटनगर राधाकृष्ण मन्दिरबाट सोमबार निकालिने रथयात्रा सञ्चालनका लागि मुख्यमार्गका ४३ स्थानमा विश्रामस्थल तोकिएको छ । त्यस्तै १९ उपसमिति बनाइएको मूल समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । आकर्षक सो रथ प्यागोडा शैलीको बनाइएको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट दायाँबायाँ लामो लठ्ठा तान्ने डोरी लगाइएको छ भने रथयात्राको क्रममा हेलिकप्टरबाट पुष्प वृष्टि गराउने व्यवस्था मिलाइएको छ ।

रथयात्राको शोभा बढाउन नेपाल भारतका हजारांै दर्शक सहभागी हुने भएकोले सो दिन प्रदेश सरकारले सुनसरी र मोरङ जिल्लामा बिदा दिने निर्णय गरेको छ । रथ निकालिने मार्गमा विराटनगर महानगरपालिकाले सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गरेको प्रमुखका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए। रथयात्राको क्रममा बजारमा हुने भीडलाई स्थानीयवासीले स्वस्फूर्त रुपमा चिसो पानी खुवाउने प्रचलन पनि छ ।

ताजा समाचार

सम्बन्धित समाचार