Wednesday, October 2, 2024

सर्लाही घोषणापत्र जारी ‘मधेसलाई चुरेको पर्यावरणबाट अलग्याउन मिल्दैन’

काठमाडौं–प्रदेश २ का ८ वटै जिल्लाका नागरिकहरूको सर्लाहीको बागमती नगरमा भएको सम्मेलनले ‘समृद्धिसँगै आएका प्रायः ठूला परियोजनाले प्राकृतिक स्रोतको दोहनसँगै वातावरण विनास गरिहेको र विपन्न समुदाय विस्थापित गरिरहेको’ निस्कर्ष निकालेको छ।

‘प्रदेश २ का नागरिक निगरानीको अवस्था र आवश्यकता’ बारे संवाद गर्न आयोजित ‘नागरिक सम्मेलन’ ले आर्थिक अवस्था, वातावरणीय ह्रास र बदलिँदो सामाजिक सम्बन्धबारे छलफल गर्दै ९ बुँदे ‘सर्लाही घोषणापत्र’ जारी गरेको हो।

सम्मेलनले परियोजनाको नाममा स्रोतको दोहोन भइरहेको ठहर गर्दै नागरिक सुनुवाइको माग गरको छ। घोषणापत्रको ५ नम्बर बुँदामा भनिएको छ, ‘समृद्धिसँगै आएका ठूला परियोजनाले प्रायः स्रोतको दोहन गर्ने, वातवरण विनास गर्ने र विपन्न समुदाय विस्थापितगर्ने स्थिति बनिरहेको छ।  यस परिप्रेक्ष्यमा लोकसुनवाइको लागि सम्बन्धितपक्षले तत्काल पहलगरोस् साथै समृद्धिका विभिन्नमोडलबारे स्थानीय समुदायका आवश्यकतालाई सम्बोधन गर्ने गरी सार्थक संवादलाई स्थान दिओस् ।’

सम्मेलनले चुरे शृङ्खला पहाड र मधेस जोड्ने सेतुसँगै प्रदेश २ लाई एकताबद्ध गर्ने आधार समेत रहेको निस्कर्ष निकालेको छ। ‘प्रादेशिकस्तरमा उत्पादनको मेरुदण्ड नै चुरेको पर्यावरणीय व्यवस्थासँग अन्योयाश्रित रहेकोले प्रदेशको सामथ्र्य, कृषि उत्पादन र समग्र विकास निर्माणका गतिविधिलाई चुरेबाट अलग्याएर हेर्न मिल्दैन,’ घोषणापत्रमा भनिएको छ। चुरेको संरक्षण र हुलाकी सडकको निर्माणमा सरकारको ध्यान जानुपर्ने माग पनि गरिएको छ।

साथै, सम्मेलनले स्थानीय सरकारका योजना निर्माणमा समन्वयकारी भूमिका खेल्न प्रदेश सरकारलाई आग्रह गरेको छ। सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन एवं गरीब र सीमान्तकृतलाई प्राथमिकता दिनुपर्ने माग पनि गरिएको छ।

घोषणापत्र जारी गर्नेमा नागरिक अगुवाहरू सप्तरीका भोला पासवान, विष्णु मण्डल र शिवहरि भटट्राई, धनुषाका डा. सुरेन्द्र लाभ, भोेगेन्द्र झा, उर्मिला यादव, शबनम खातुन र किशोरी साह छन्।

यसैगरी, महोत्तरीका ध्रुव राय, सिराहाका अशोक कामति तथा सर्लाहीका रजनीकान्त झा, महेन्द्रप्रसाद कर्ण, यामीनिकुमार दिप, सरस्वती सुब्बा, लक्ष्मीसिंह दनुवार, जयशंकर सिंह र कुशहरि मैनालीको नाम पनि घोषणापत्र जारी गर्नेमा छ।

त्यसैगरी, नागरिक अगुवा रौतहटका रामनरेश यादवसँगै बाराका देवेन्द्र गिरी, राजेश्वर चौरसिया प्रेमलाल चौधरी तथा पर्साका निभा सिंह, रामेश्वर सेढाई, चन्द्रकिशोर र भरत सहनी पनि घोषणात्र जारी गर्नेमा समावेश छन्।

ताजा समाचार

सम्बन्धित समाचार