Wednesday, October 2, 2024

यार्सागुम्बा सहित एक पक्राउ

काठमाडौं–अवैध रुपमा ल्याएको ६ केजी १ सय ग्राम यार्सागुम्बा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डोल्पा ठूलो भेरी नगरपालिका–६ बस्ने ३० वर्षीय श्रवर्ण कुमार बुढा रहेका छन् । उनलार्इ ६ केजी १ सय ग्राम यार्सागुम्बा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

नेपालगंज बिमानस्थलमा डोल्पाबाट समिट बिमानमा नेपालगंज आएका श्रवर्णको झोलामा टिनको बाकसभित्र लुकाई ल्याएको उक्त यार्सागुम्बा र गोल्डटेक लेखेको डिजिटल तराजु सहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार