Wednesday, October 2, 2024

छापामा आज :चुनढुङ्गा खानी बन्द गर्न माग,लोपोन्मुख विजयसालको संवद्र्धन गरिने

काठमाडौं–आजका दैनिक पत्रपत्रिकाले विकास निर्माण र वातावरण सम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

राजधानी
राजधानी दैनिकको पहिलो पृष्ठमा ‘अधुरै रह्यो जहाज सपना’ शीर्षकमा कालिकोटबाट विश्वनाथ सिम्खाडाले लेखेको समाचार प्रकाशित छ ।

पहिलोपटक आँगनमै हवाईजहाज अवतरण गर्दा कोटवाडावासीमा खुसीको सीमा थिएन । त्यो समय थियो २९ माघ २०७३ । गाउँलेमध्ये केही पहिलोपटक जहाज हेर्ने धोकोले कोटवाडा पुगे । अधिकांशमा जहाज चड्न पाइने आशा थियो ।

२९ माघमा अविरजात्रा गरेर उतारेको जहाज त्यसयता भने एकपटक पनि कोटवाडा विमानस्थलमा देख्न पाएका छैनन्, जिल्लावासीले । १९ महिना बितिसक्दा समेत दोस्रोपटक अवतरण नगरेपछि जिल्लावासी जहाज चड्ने धोको पूरा नहुने भन्दै निराश छन् ।

करिब ३३ वर्ष लगाएर निर्माण गरिएको विमानस्थलमा २०७३ सालको माघमा बल्ल परीक्षण उडान गरिएको थियो ।
पृष्ठ ३ मा ‘नगरमा बाढी पसेपछि उपचार नगराई फर्किए प्रमुख’शीर्षकमा एमके माझीले राजविराजबाट लेखेको समाचार छापिएको छ ।

जनप्रतिनिधि सुविधाभोगी भएको आरोप लागिरहेका बेला भारतको दिल्लीमा उपचाररत सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साह आफ्नो उपचार रोकेर फर्किएका छन् । गत सोमबार बेलुका सप्तकोसीको बाढी पसेर आफनो नगरपालिकाका अधिकांश वडा डुबानमा परेको सुनेपछि उपचार रोकेर उनी स्वदेश फर्किएका हुन् । उनी आइतबार मात्रै स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका थिए ।

नयाँ पत्रिका
नयाँ पत्रिकाको पृष्ठ ६ मा ‘मेलम्ची सडकको दुर्गतिले यात्रुलाई सास्ती’ शीर्षकको समाचार प्रकाशित छ ।

दैनिक करिब दुई सय टिपर गुड्ने मेलम्ची सडकको अस्तव्यस्तताले जिल्लाको पश्चिम भेगका हजारौं यात्रुले सास्ती भोग्दै आएका छन् ।सडकको स–साना पहिरो पन्छाउन र हिलाम्मे सडकको स्तरोन्नती गर्नेतर्फ सम्बन्धीत निकायले ध्यान दिएको छैन ।

नेपाल समाचारपत्र

आजको समाचारपत्रमा ‘चुनढुङ्गा खानी बन्द गर्न माग’ शीर्षकमा समाचार प्रकाशित छ । जिल्लामा प्राकृति स्रोतको मनपरी दोहनले परिणाम भयावह हुने चिन्ता गर्न थालिएको छ । खानीका कारण भण्डारी बन्धुको उद्गमस्थल ऐतिहासिक महत्व बोकेको लुप्लुङ धरापमा परेको भन्दै स्थानीय चिन्तित बनेका हुन् जन्मेहुर्केको थातथलो चुनढुङ्गाले उठिबास लगाउे पिरलो उनीहरुमा छ ।

पृष्ठ ११ ‘रसुवागढी–केरुङ सडक अवरुद्ध हुँदा चाडवाडलाई ल्याएको अर्बोका सामान अलपत्र’ शीर्षकमा समाचार प्रकाशित छ ।

पछिल्लो एक महिनादेखि पहिरोका कारण अवरुद्ध रसुवागढी–केरुद्ध सडक खुल्न अझै एक हप्ताभन्दा बढी समय खुल्न अझै एक हप्ताभन्दा बढी समय लाग्ने देखिएको छ । राजमार्ग बन्द हुँदा रसुवागढी भन्सार कार्यालयले संकलन गर्ने भन्सार शुल्कसमेत भदौ महिनामा शून्यमा झरेको छ ।

गोरखापत्र

‘राजधानीका फोहोर उठ्न थाल्यो’शीर्षकमा पृष्ठ ३ मा समाचार छापिएको छ । काठमाडौंका कतिपय ठाउँमा थुप्रिएको फोहोर उठाउन थालिएको छ । फोहोर फाल्ने ठाउँ ल्याण्डफिल्ड साइटसम्म पुग्ने सडक पुनःनिर्माण भएपछि फोहोर उठाउन थालिएको हो ।

पृष्ठ ११ मा ‘लोपोन्मुख विजयसालको संवद्र्धन गरिने’ शीर्षकको समाचार छापिएको छ । जडिबुटी तथा काठमा प्रयोग गरिने लोपोन्मुख विजयसालको संवद्र्धन कार्य शुरु हुने भएको छ । वन मन्त्रालयले चालु आ.व.मा विजयसालको संवद्र्धन र वशं वृद्धिका लागि योजना ल्याएको छ । वन विभागले कपिलवस्तुसहित छ वटा जिल्लामा यसको पकेट क्षेत्रको संरक्षण तथा संवद्र्धन गर्दै छ ।

त्यसैगरी सात वर्षमा पनि बनेन पुल,विवादका कारण पनौती–खोपासी सडक बन्न सकेन शीर्षकमा समाचार प्रकाशित छन् ।

कान्तिपुर
कान्तिपुरको पहिलो पृष्ठमा ‘समुद्रसँग पहाड जोड्न पहल’शीर्षकमा समाचार छापिएको छ ।  बिमस्टेक सम्मेलनको काठमाडौं घोषणापत्रमा सहयोगका दुई नयाँ क्षेत्र थपिए, माउन्टेन इकोनोमी र ब्लु इकोनोमी । ब्लु इकोनोमी समुद्रसँग जोडिएको छ, जसको दर्शनले आर्थिक विकास गर्दा समुद्र प्रदूषण गर्न हुँदैन भन्छ ताकि यसको रंग नीलो नै रहोस ।

बे अफ बंगालसँग जोडिएका मुलुक भारत, बंगलादेश, श्रीलंका, म्यान्मार र थाइल्यान्डले ६ जुन १९९७ मा बैंकक घोषणापत्र जारी गर्दै स्थापना गरेको बिमस्टेक यही सामुद्रिक अर्थतन्त्रमा आधारित थियो । त्यसको सात वर्षपछि सन् २००४ मा बिमस्टेक सदस्य बन्न पुगेका दुई भूपरिवेष्टित मुलुक नेपाल र भुटान ब्लु इकोनोमीमा आधारित नीतिले ज्यादा फाइदा लिन सक्ने अवस्थामा थिएनन ।

त्यसैगरी सोही पृष्ठमा ‘बिरुवा बाँड्दै’शीर्षकमा जितेन्द साहले लेखेको समाचार छापिएको छ । १९ वर्षे जवानी हुँदा उनले हातमा बन्दुक बोकेका थिए, सात सालको क्रान्तिताका । युग बदलियो, भूमिका पनि फेरियो । विराटनगर तिनटोलियाका ८७ वर्षे तोरेन्द्रमानसिंह प्रधान लामो समयदेखि हरियाली जोगाउने अभियानमा तल्लीन छन ।

विराटनगरको तिनटोलियास्थित निवास अघिल्तिर फूलबारी स्याहार्दै तोरेन्द्रमानसिंह प्रधान । ‘लगाएको जोगाऔं, अझै थपौं’ भन्ने मान्यतासहित उनी हरियाली जोगाउन सबैलाई प्रेरित गरिरहेका छन् । आफ्नै घर करेसामा तयार बीउ, बेर्ना र बोट निस्शुल्क उपलब्ध गराउँछन ।

कंक्रिटले घेरिँदै मनकामना,धसिङ्गरेबाट तेल,पहिराको जोखिम,जोडिँदै विराटनगर र इटहरी,बन्दै बनेन पुल शीर्षकका समाचार पनि प्रकाशित छन् ।

पत्रिकाको पृष्ठ ७ मा नारायण घिमिरेको ‘रैथाने ज्ञान ब्यँताउने बेला’ शीर्षकको विचार छापिएको छ ।

अन्नपूर्ण पोस्ट
आजको अन्नपूर्ण पोस्टको पृष्ठ ५ मा ‘हराउँदै उपत्यकाका हिटी’ शीर्षकमा समाचार छापिएको छ ।
एेतिहासिक तथा पुरातात्विक महत्व बोकेका काठमाडौं उपत्यकाका ढुंगेधारा लोप हुँदै गएका छन् । काठमाडौं,भक्तपुर र ललितपुरमा सयौं ढुंगेधारा थिए । खानेपानी प्रणाली विकास नहुँदासम्म उपत्यकाबासी लिच्छवीकालदेखि दै ढुंगेधाराको पानी खाने गर्थे ।

‘स्थानीयको फोहोर नगरपालिकाले किन्ने’शीर्षकको समाचार पृष्ठ ५ मा छापिएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाले फोहोर संकलन गरेबापत नगरबासीलाई शुल्क दिने भएको छ । नगरबासीले फाल्ने फोहोर व्यवस्थापनमा मात्रै लाखौं रुपैयाँ खर्च गर्दै आएको नगरले अब भने फोहोर जम्मा गरेवापत नगर शुल्क दिन लागेको हो ।

हल्लामै सीमित भने पुल,रासायनिक मलको प्रयोग बढ्दो,कृषि उत्पादनमा बिमस्टेकको जोड,जुलोजिकल पार्कमा मृगस्थली,गाउँमा सरर,सहरमा सकस,कच्ची सडकले सास्ती,अर्गानिक प्रदेश बनाउन कृषि बजेट शीर्षकका समाचार पनि छापिएका छन् ।

नागरिक दैनिक
‘निर्माणमा तीन महिना थप’ शीर्षकको समाचार पृष्ठ तीनमा छापिएको छ । एक दशकदेखि जीर्ण नवलपुर –मलगंवा सडक कालोपत्रे गर्ने पछिल्लो ठेक्कको म्याद पुनःतीन महिना बढाउने तयारी भएको छ ।
गाउँमा बाढी पस्ने डरले जागा,मधेसको लाइफलाइन अलपत्र,सुक्खा बन्रगाह सुधार योजना अलपत्र शीर्षकका समाचार पनि छापिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार