Wednesday, October 2, 2024

जलवायु अनुकुलनको अभ्यास

काभ्रे–जलवायु परिवर्तनको समस्यासँग जुध्न स्थानीय स्तरकै ज्ञान, सीपको प्रयोग गरी अगाडि बढ्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।

काभ्रेको धुलिखेलमा तीन दिनसम्म चलेको जलवायु अनुकुलन कार्यक्रम अन्तर्गतको बैठकमा सहभागी विभिन्न नगरपालिकाका प्रतिनिधिहरूले नयाँ–नयाँ प्रविधिसँगै स्थानीय स्तरमा हुने ज्ञान, सीपलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका हुन्।

वातावरण विभाग र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा भएको कार्यक्रममा सहभागीले अनुभव र गरिरहेका अभ्यासका बारेमा जानकारी गराएका थिए।

जलवायु अनुकुलन कार्यक्रम लागू भएका देशका विभिन्न ४१ वटा नगरपालिकाका प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा सुधारिएको चुल्हो, आकाशे पानी संकलन विधि, रासायनिक मलको सट्टा जैविक मलको प्रयोग र उत्पादनको विधि, पानीको अभावलाई मध्येनजर गर्दै थोपा सिंचाइ प्रणाली, सुधारिएको गोठ, पानी तान्ने सोलार पम्प लगायतमा छलफल भएको थियो।

वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार प्रकोप आउनु अगाबै पूर्वसूचना दिएमा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिने कार्यक्रमको निस्कर्ष छ।

ताजा समाचार

सम्बन्धित समाचार