Wednesday, October 2, 2024

वातावरण विभाग र इसिमोडबीच सम्झौता

काठमाडौं– वातावरण विभागलाई वातावरणका क्षेत्रमा गरिने विभिन्न क्रियाकलापमा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले सहयोग गर्ने भएको छ।

ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच विभाग र इसिमोडबीच एक वर्षे सम्झौता भएको छ। वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितीमा विभागका महानिर्देशक झलकराम अधिकारी र इसिमोडका डाइरेक्टर जेनेरल डेभिड मोल्देनले एक वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार इसिमोडले वातावरणका क्षेत्रमा प्राविधिक, आर्थिक तथा अन्य सहयोग गर्ने विभागका महानिर्देशक अधिकारीले जानकारी दिए। उनका अनुसार इसिमोडले खोज अनुसन्धान, विभिन्न प्राविधिक क्रिायाकलाप र विभिन्न कार्यक्रम संचालन गर्न सहयोग गर्नेछ। सम्झौता १३ भदौबाट सुरु भएको हो।

ताजा समाचार

सम्बन्धित समाचार