Friday, November 1, 2024

वातावरण मन्त्रालयको तीन विधेयकलाई सैद्धान्तिक सहमति

महेन्द्रनगर–प्रदेश २ सरकारले तीन विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ।

मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रदेश पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन विधेयक २०७५ र प्रदेश उद्योग व्यवस्थापन विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो।

त्यसैगरी सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित उच्च शिक्षाको व्यवस्थापन तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समेत मस्यौदा तर्जुमा गर्ने सैद्धान्तिक सहमति प्रदान गरिएको बताइएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार