Friday, November 1, 2024

मान्छे मार्ने बाघ नियन्त्रणमा

रत्ननगर – दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ।

बाघलाई डाटगनमार्फत् बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए।

यही भदौ ७ गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जीतबहादुर राईलाई आक्रमण गरेर मारेको बाघलाई बिहीबार साँझ ६ः४२ बजे नियन्त्रणमा लिइएको हो। अन्दाजी १० वर्षको भाले बाघलाई निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वको टोलीले नियन्त्रणमा लिएको थियो। बिहानदेखिको ठूलो कसरतपछि मात्र बाघ समातिएको डा गैरेले बताए।

छ वटा हात्तीको प्रयोग गरेर विगत पाँच दिनदेखिको प्रयासमा बाघ समातिएको हो। यसअघि बाघ नियन्त्रणमा ल्याउन पाडो राखेको भए पनि पाडो खाइसक्दा समेत समाउन सकिएको थिएन। बाघलाई चितवन निकुञ्जको खोरमा ल्याएर राखिनेछ। रासस

ताजा समाचार

सम्बन्धित समाचार